Author
ParbatNepal
Correspondent, ParbatNepal
8 years ago
1688
पर्वतको ठुलीपोखरीमा लिफ्ट सिस्टम खानेपानी आयोजनामा बर्षाले क्षती
साजन परियार बैशाख १८, पर्वत । आईतवार दिउँसो हावाहुरी सहित परेको असिनापानी र चट्याङले पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा रहेको लिफ्ट सिस्टम खानेपानी आयोजनामा ठुलो क्षती पु¥याएको छ ।
चट्याङले लिफ्ट सिस्टमा करिव ५ लाख बरावरको क्षति पु¥याएको हो । लिफ्ट सिस्टमको मिटर, प्यानल बोर्ड, ट्रान्समिटर लम्पीङ सेटमा क्षती पुगेको प्राविधिक अर्जुन पौडेलले जानकारी दिनुभयो ।
चट्याङले खानेपानी प्रशारण लाईन समेत बन्द भएको छ । खानेपानी लाईनमा क्षति पुगेपछि स्थानीय ८० घरधुरी खानेपानी पिउनवाट बञ्चित भएका छन् । स्थानीयवासले लिफ्ट सिस्टम मर्मतका लागि कुश्मा नगरपालिका र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्वत सँग माग गरेका छन् ।
खानेपानी आयोजनामा क्षती हुँदा गाउँमा खानेपानीको हाहाकार भएको छ ।
सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)
