Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2027




विद्यालयमा दुई कोठे पक्की भवनको शिलान्यास
विद्यालयमा दुई कोठे पक्की भवनको शिलान्यास

संगिता क्षेत्री बैशाख २०, पर्वत । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा अवस्थित ज्योती मण्डल माध्यमिक विद्यालयमा दुई कोठे पक्की भवन निर्माण हुने भएको छ ।

बर्षौदेखि भवनको अभाव झेल्दै आएको विद्यालयमा भवन निर्माण भएसँगै स्थानीयवासी खुशी भएका छन् । भवनको जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्वुजा पुनले बुधवार एक कार्यक्रमका विच शिलान्यास गर्नुभएको छ ।


जिल्ला शिक्षा कार्यालय पर्वतकोे २१ लाख र जलजला गाउँपालिकाले उपलव्ध गराएका ८ लाख सहयोगमा भवन निर्माण गर्न लागेको विद्यालयका प्रधानाध्यापक मेखवहादुर खत्रीले जानकारी दिनुभयो । भवनका लागि ४९ लाख लागत लाग्ने अनुमान गरिएको विद्यालयले जनाएको छ । विद्यालयले थप रकमका लागि दाताहरुको खोजी भईरहेको खत्रीले बताउनु भयो ।


भवनको जेठ १५ भित्र सक्ने लक्ष्य राखिएको छ ।  वि.स २०१५ सालमा स्थापना भएको विद्यालय जिर्ण अवस्थामा रहेको छ । पहिरोको उच्च जोखिममा रहेको विद्यालयले अहिले स्तान्तरण गर्नका लागि जग्गा समेत खरिद गरिसकेको स्रोत व्यक्ति सुभन्तनाथ सुवेदीले जानकारी दिनुभयो ।

विद्यालयमा हाल १ सय ६५ जना विद्यार्थी अध्ययनरत छन् । 


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)