Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1865




गाउँपालिकाका सबै वडामा सात मिटरको बाटो बनाउन शुरु
गाउँपालिकाका सबै वडामा सात मिटरको बाटो बनाउन शुरु

बैशाख २८, पर्वत । पर्वतको जलजला गाउँपालिकाका सबै वडालाई गाउँपालिकाको केन्द्र लामाखेतमा सडक सञ्जालले जोड्न थालिएको छ । गाउँपालिकाको केन्द्र लामाखेतलाई सबै ९ वटै वडा संग सहज पहुँच पु¥याउन गाउँपालिकाले योजना बनाएर कार्यान्वयन गरेको हो । 

पुराना सडकहरुको स्तरउन्नती गर्ने र केहि नयाँ ट्रयाक खोलेर सबै वडामा सडकको सञ्जाल जोड्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । आर्थिक वर्ष ०७४÷०७५ को बजेटबाट पुरानो ट्रयाकका सडक फराकिलो पार्ने, ग्रेड मिलाउने, नाली र कल्भर्ट राख्ने काम सुरु गरिएको उनले बताए । 

पालिकामा आउन सहज गराउन र गाउ“मा उत्पादित कृषि उपजलाई बजारसम्म लैजान सहज हुनेगरि सडक स्तरोन्नती गर्न लागिएको गाउ“पालिका मल्लले बताए । ‘कतिपय वडावासीहरु अहिले केन्द्रमा आउन पैदल हिँड्नुुपर्छ,’ मल्लले भने,‘ सबै वडाबासी अव गाडी चढेर आउन भन्ने लक्ष्य हो ।’ चालु बर्ष नभएको काम अर्को बर्ष पुरा गर्न गाउँपालिका लागिपरेको उनले बताए ।

पहिले सञ्चालन भैरहेका सडक र नयाँ ट्रयाक खुल्न बा“की गाउ“मा न्यूनतम मापदण्ड अनुसारका सडक खन्ने योजना पनि गाउ“पालिकाको छ । दिर्घकालिन सोच राखेर गाउँपालिकाले सडकमा लगानी गर्न लागेको प्रमुख प्रसासकिय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।

‘अहिले सडक खन्ने पछि फेरि त्यहि सडक साँघुरो भयो भनेर खन्दा त्यसले आर्थिक भार पर्ने भएकाले एकैपटक सडक चाक्लो बनाउँदा भविष्यमा ढुक्क हुन्छ,’ उनले भने,‘अहिले कम्तीमा दुईवटा सवारी आवतजावत गर्न मिल्ने गरि सडक बनाउँन लागेका छौँ ।’ जलजला गाउँपालिका ९ वडा वटै वडामा सडकको पहु“च भए पनि केन्द्रसम्म सडकको पहु“च सहज छैन ।

गाउ“पालिकाको केन्द्रबाट सबैवडामा जोड्नेगरी नया“ ट्रयाक खोल्ने र सञ्चालनमा रहेका सडकको स्तरोन्नति गर्न सम्बन्धित वडा र स्थानीय उपभोक्ताले जिम्मा लिएकाले काम छरितो हुने गाउ“पालिकाले जनाएको छ । सबैवडा जोड्ने ट्रयाक र पुराना सडकको स्तरोन्नति गर्न करिब ९ करोड रुपैया“ बजेट भएको प्रमुख प्रशाससकिय अधिकृत गौतमले जानकारी दिए ।

मिलनचोक–माझफा“ट, वारिबेनी–बा“सखर्क, मिलनचोक–धाइरिङ र बनौं–शालिजा लगायतका सडक ७ मिटर चौडाइको बनाउन लागिएको गाउ“पालिकाले जनाएको छ । 


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)