Correspondent, ParbatNepal
8 years ago
1718
बैशाख २८, पर्वत । बिभिन्न खालका महोत्सव र मेला हुने गरेको कुश्माको खुल्ला चौर बान्द्रेबिँडी चौर व्यवस्थित गराईँदै छ ।
बान्द्रेबिढी कम्पाउन्डमा पर्खाल लगाउन सुरु भएको निमार्ण कार्य अन्तिम चरण पुगेको छ । गत चैतको दोस्रो सातावाट कुश्मा नगरपालिकाले बिनियोजन गरेको १५ लाखको लागतमा पर्खाल निर्माण गरिएको हो । अहिले पर्खाल निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको छ ।
समाजसेवी मानकुमारी गिरीको संयोजकत्वमा नौ सदस्य पर्खाल निर्माण समिति गठन भएको हो । त्यहाँ पर्खाल नहुँदा आयोजना हुने मेला महोत्सवमा सुरक्षाको प्रबन्ध थिएन् ।अध्यक्ष मानकुमारी गिरिले थप बजेट प्राप्त गरेमा यसको प्रवेश पर्खाल र गेटमा समेत मर्मत गरिने बताउनुभयो ।’ उनका अनुसार पर्खालमा रङरोगनको काम बाँकी छ तर,बजेट छैन ।
यो सवैको सार्वजनिक कम्पाउन्ड भएकाले यसको संरक्षणमा सवैलाई जुटन आग्रह गरिन् । समितिले यसको सवै भाय मर्मत गर्न थव बजेको आवश्यकता ठानेको छ । निमार्ण संयोजक भिम श्रेष्ठले भने,‘लगभग यहाँको पछिल्लो भागमा पर्खाल लगाउने काम समपन्न भयो ।
अव यहाँ कार्यक्रम हर्ने आउने दर्शकलाई पनि सुरक्षा प्रदान हुन्छ । यो कम्पाउण्डको डिल भागमा पहिलो पटक पर्खाल लगाउन लागिएको हो । कुश्माको शिवालय चोकमा रहेको बान्द्रेबूढी कम्पाउण्डमा बिभिन्न मेला,महोत्सव,राजनितीक कार्यक्रम,सभा सम्मेलन हुँदै आएका छन् ।
स्थानीय थमनारायण पौडेलले यसको सुरक्षा र थप व्यवस्थापन आवश्यक रहेको बताए ।
