Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2394




मिलनचोकमा सार्वजनिक सुनुवाई सम्पन्न
मिलनचोकमा सार्वजनिक सुनुवाई सम्पन्न

जलजला गाउँपालिकाको मिलनचोकमा सार्वजनिक सुनुवाई तथा सार्वजनिक परिक्षण शुक्रबार सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७४÷०७५ को योजना तथा कार्यक्रमको प्रगति जनचासोलाई दृष्टिगत गरी जलजला गाउँपालिका वडा नम्बर ७ स्थित मिलनचोकमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । जलजला गाउँपालिकाले चालु आर्थिक बर्षको प्रगतिको अवस्था र आगामी आर्थिक बर्ष हुने योजना र कार्यक्रमलाई सहयोग पुग्नेगरी सार्वजनिक सुनुवाई आयोजना गरेको हो ।

गाउँपालिकाबाट प्रवाह भएका सेवाहरु के भइरहेको छ रु, जनताको मत के छ रु, आगामी दिनमा सुधार गर्न सकिने बिषयबस्तु र चालु आर्थिक बर्षमा गाउँपालिकाको योजना तथा कार्यक्रमको अवस्था बुझ्न सार्वजनिक सुनुवाई र सार्वजनिक परिक्षण गरेका हौ’ प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले भने ।

जलजला गाउँपालिकाका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले विकास गर्दा बिनास हुने अवस्था ल्याउन नहुनेमा जोड दिए । सामाजिक परिक्षण विज्ञ एवम् धौलागिरी बहुमुखी क्याम्पसका उपप्रध्यापक हिरालाल रेग्मीले राज्यका निकाय पारदर्शी, जवाफदेही र जनताप्रति बफादार हुनुपर्ने बताए । सार्वजनिक सुनुवाईले जनतालाई विकासप्रति चासो जगाउने र उपभोक्ता समिति तथा ठेकेदारलाई कामप्रति जिम्मेबारबोध गराउनेमा जोड दिए । जलजला वडा नम्बर ४ का रणबहादुर केसीले सडक निर्माण राम्रो भएपनि वरपरका घरहरु असुरक्षित बनेको बताए । उनले मोहनचोक–पचैया सडकले पाँच वटा घर निकै जोखिममा परेको जानकारी दिए । ‘माथि खेत रोप्ने तल सडक खन्दा घर खतरामा परेको छ’ उनले भने–‘बाटो खन्दा खानेपानी र सिंचाई तहसनहस भएको छ ।’

जलजला ४ कै उषा क्षेत्रीले पनि घरबार नै छाडेर हिड्नुपर्ने अवस्थाले विकासको अनुभुति नै नभएको गुनासो गरिन् । कार्यक्रममा गाउँपालिकाका इन्जिनियर हरि गौतमले सडक खन्दा घर जोगाउनेगरी स्टीमेट बनेको बताए । निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर मल्लले स्टीमेटमा भएअनुसार जोखिममा परेका घरको सुरक्षाका लागि जाली लगाइने बताए ।

कार्यक्रममा विभिन्न योजनाका उपभोक्ता समितिका पदाधिकारीले आ–आफ्नो योजनाको बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)