Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1934




आदर्श अंग्रेजी आवासिय मा.विमा विभिन्न कार्यक्रम सम्पन्न
आदर्श अंग्रेजी आवासिय मा.विमा विभिन्न कार्यक्रम सम्पन्न

जेठ १२, पर्वत आदर्श अंग्रेजी आवासिय माविक कुश्मामा अभिभावक सम्मेलन गरि डाँकेर अभिमुखिकरण गराइएको छ ।

मेमोेरी मास्टर तथा गिनिज बुक रेकर्डको तयारी गरि रहेका मौसम क्षिनालद्धारा कक्षा एक देखि चार सम्मका लागी मेमोर टेकनिक,योगा,अभ्यास आदीमा अभ्यास सहितका अभिमुखीकरण गराइएको हो । त्यसै गरि कक्षा पांच देखि दश सम्म मेमोरि टेकनिक,अभ्यास,परिक्षण,योगा तथा गणित र क्यालेण्डर या गर्ने तरिका समेत सिकाईएको थियो ।

जसबाट विद्यार्थीहरुले ३५ शब्द सम्म याद गर्न सकेका थिए । हाल विद्यालयले यसलाई दैनिकीको रुपमा प्रयोगमा ल्याई राखेको छ । त्यस्तै आदर्श अंग्रेजी आवासिय माविले क्यान्सर पिडित अर्जुन गौतमलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

विश्व ज्योति मा.वि.का १४ वर्षिय कक्षा नौमा अध्ययनरत हाल रक्त क्यान्सरका कारण भरतपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेका अर्जुन गौतमलाई बिद्यालय संग सम्बन्धित सबैबाट संकलन गरिएको ४८ हजार १ सय ४९ रुपैयाँ उनका दाजु सन्तोष गौतमलाई हस्तान्तरण गरिएको हो ।

पर्वत सर्पोट ग्रुपलाई जुरेसको तर्फदेखि जुरेसका सभापति अनिषा रिजाल तथा शिक्षक नारायण पौडेल,हर्टक्यामको रेकर्ड प्रमुख धर्म बहादुर पौडेल,शिक्षक कर्मचारीको तर्फबाट एकेडमिक प्रमुख कमलथापा सहयाक प्रमुख मिन बहादुर थापाबाट साथै इसइइ, विद्यालय र सञ्चालक समितको तर्फ देखि प्रिन्सिपल हिम बहादुर पौडेलले बिहानी सभामा सम्पूर्ण विद्यार्थीहरु र शिक्षकहरुको उपस्थितिमा गरिएको थियो ।

उक्त रकमले अर्जुन गौतमको उपचारमा थोरै भए पनि सहयोग पुग्ने सक्ने भएकाले सहि सदुपयोग हुने कुरा व्यक्त गरिएको थियो भने विरामीका दाजु शन्तोष गौतम सहितका सहयोगिहरुले धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)