Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2033




पर्वतको महाशिलामा विद्यार्थीहरुलाई सेनेटरि प्याड बितरण
पर्वतको महाशिलामा विद्यार्थीहरुलाई सेनेटरि प्याड बितरण

जेठ १५, पर्वत । महिनावारी दिवसको अवसरमा पर्वतको महाशिला गाउँपालिकाले विद्यार्थीहरुलाई सेनेटरि प्याड बितरण  गरेको छ । महाशिला गाउँपालिका भित्र रहेका ८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सेनेटरी प्याड वितरण गरेको हो ।

 कार्यक्रममा हजार भन्दा बढि छात्रालाई प्याड वितरण गरिएको महाशिला गाउँपालिका–५ लुंखुका वडा अध्यक्ष जिवन उचै ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार सेनेटरी प्याडले छात्राको स्वास्थ्य अवस्था सुरस्थित र अध्ययनमा सहज बनाउने बताउनु भयो ।

सेनेटरी प्याडका लागि गाउँपालिकाले १ लाख रकम प्रास्तावित गरेको उहाँको भनाई छ महिनावारी हुँदा शारिरीक समस्या हुने र पठनपाठनमा समस्या हुँने गरेपछि महिनावारीको समस्या छात्राहरु विद्यालय नै नआउने आएपनि कक्षा छाडेर घर फर्किने गरेपछि यहाँका विद्यालयहरुलाई

सेनेटरी प्याडको व्यवस्था गरिएको वडा अध्यक्ष ठकुरीले बताउनु भयो । विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेपछि छात्राहरुको विद्यालयमा नियमितता बढ्ेने विद्यालयले जनाएको छ ।

 गाउँपालिकाले कक्षा ६ देखी १२ सम्मका छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था गरेको छ ।  

सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)