Author
ParbatNepal

Contributor, ParbatNepal

2 years ago

781




पर्वत समाज को अन्तराष्ट्रिय समिति गठन
पर्वत समाज को अन्तराष्ट्रिय समिति गठन

पर्वत जिल्ला जन्मस्थान भई बिदेशमा रहेका पर्वतेली हरु र पर्वत मै रहेर समाजसेवा मा जुट्नुभएका व्यक्तित्व हरु मिलेर पर्वत समाज को अन्तराष्ट्रिय समिति गठन गरिएको छ । अहिले पनि बिभिन्न देशमा पर्वत समाज अस्तित्व मा रहेको र त्यस्ता सबै संस्था हरुलाई समेट्दै अन्तराष्ट्रिय रुपमा एकताबद्द हुने गरि छाता संस्थाको रुपमा अन्तराष्ट्रिय तदर्थ समिति गठन गरिएको कुरा भेलामा सार्वजानिक गरियो ।


तदर्थ समितिको अधय्क्ष  पुरण गिरी (बेलायत), उपाध्यक्ष हरुमा दिपिका भुसाल  (ईजरायल), झलक केसी (बेल्जियम), बिक्रम बि पोख्रेल (अमेरिका), र परशुराम पौडेल  रहनुभएको छ । त्यस्तै महासचिव मा गुणराज शर्मा (स्विजरल्याण्ड) चयन हुनुभएको छ भने सचिवमा सुजन जोशि (जापान) रहनुभएको छ । त्यस्तै कोषाध्यक्ष मा गङ्गा भुषाल रहनुभएको छ ।


त्यसैगरी तदर्थ समितिको सदस्य हरुमा टिकाराम आचार्य (कुवेत), गौतम गुरुङ (स्पेन), बिनोद पुरी (बेलायत), सरोज कृष्ण पुरी (अमेरिका), दुर्गा गुरुङ (बेल्जियम), रामचन्द्र छेत्री (नेदरल्याण्ड), श्याम सुबेदी (डेनमार्क), यम भण्डारी (बेलायत), बिजय शर्मा दर्पण (स्विजरल्याण्ड) शुबर्ण हमाल फ्रान्स रहनुभएको छ ।   साथै उक्त भेलाले नेपाल हुने गतिविधिलाई सहज होस भन्ने हेतुले मुना भुसाल (पर्वत) लाई नेपाल प्रतिनिधि सर्वसम्मत तोकेको छ  तदर्थ समिति बनिसकेपछि अब संसार भर जहा जहा पर्वतेली हरु रहनुभएको छ त्यहा त्यहा स्थानीय शाखा हरु गठन गर्दै एकताबद्द हुन पनि आह्वान गरिएको छ । कुनै देशमा पहिले देखि नै दुइ वटा पर्वत समाज या उस्तै नाम का संस्था हरु अस्तित्वमा रहेका छन भनेपनि संस्थाको गरिमा लाइ कायम राख्दै एकताको लागि मर्ज भएर एकत्रित हुन अभिप्रेरित गर्दै एक ढिक्का भएर पर्वत समाजमा आवद्द हुन आह्वान गरिएको छ । कार्यसमितिमा  सम्बन्धित  देशका  व्यक्तिलाई  प्रतिनिधिको रुपमा लिई  पर्बत  समाजहरुलाई  एक ढिक्का बनाएर  अगाडी  बढ्ने  महासचिव गुणराज   शर्माले   बताउनु भयो ! 


http://www.nayadeepkhabar.com/2017/10/blog-post_44.html?m=1
सम्बन्धित समाचार ( ग्लोबल पर्बत )
सम्बन्धित समाचार ( प्रवास)