Correspondent, ParbatNepal
8 years ago
1740
पुष ९ पर्वत -
पर्वतको मोदी गाउँपालिकामा निर्माणाधिन मध्यमोदी जलविद्युत आयोजनाको निर्माण कार्य आधा सम्पन्न भएको छ । चौधरी ग्रुपको लगानीमा विगत तीन वर्षदेखि उक्त आयोजना निर्माणाधिन छ । ०७१ मंसिर ७ गते दुई अर्ब ८० करोडको लागतमा निर्माण पुरा गर्नेगरी उद्योगपति बिनोद चौधरीले आयोजनाको शिलन्यास गरेका थिए । १५ दशमलव १ मेगावाट क्षमताको आयोजना भुकम्प, नाकाबन्दीलगायत कारणले निर्माणमा ढिलाई भएको हो । यो आयोजना ०७४ मंसिरभित्र निर्माण पुरा गरी उत्पादन थाल्ने तयारी भएपनि काममा भएको ढिलाईले अझै एकबर्ष पर धकेलिएको छ । अहिले भने काम धमाधम भइरहेको छ ।
भूकम्प र नाकावन्दिले साह्रै अलमल भईयो, पछिल्लो एकवर्ष धमाधम काम भैरहेको छ, आयोजना प्रमुख सुदर्शन शेरचनले भने, यहि स्पिडमा काम भएमा अवको एकवर्षमा काम कम्लिट हुन्छ ।’ आयोजनाको सम्झौता अनुसारको समयमा काम नसकिएपछि बित्तिय खर्च पनि बढ्ने उनले बताए । ‘वित्तिय खर्च स्वत वढ्ने देखिएको छ, शेरचनले भने । मध्यमोदी आयोजनाले निर्माणमा साझेदारी गर्ने संस्थाहरुवाट पनि निकै धोका खाँदै आएको छ । आयोजनाको ५० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको भारतिय कोष्टर कम्पनीले लगानीमा चासो नदेखाउ“दा आयोजना शुरु हुन चार महिना ढिलाई भएको थियो । कन्स्ट्रक्सन निर्माणको जिम्मा लिएको हिमाल हाइड्रोले गतवर्षदेखि सबकन्ट्याक्टमा केहि भागको काम फेवा कन्स्ट्रक्सनलाई जिम्मा लगाएको थियो । अहिले टनेल, बा“ध र पावरहाउस निर्माणको काम धमाधम अघि बढिरहेको आयोजनाका इन्जिनियर सञ्जिव कार्कीले जनाए ।
टनेल निर्माण गरि वाँध र ट्रान्समिसन निर्माणको काम भैरहेको आयोजनाले जनायो । बाँधदेखि पावरहाउससम्म दुई हजार आठ सय मिटर लामो सुरुङमार्फत ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलाको किनारमा बिद्युत उत्पादन हुनेछ । देउपुरको केरुङमा जोड्ने गरि दुईवटा टावर निर्माणको प्राविधिकतर्फको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख शेरचनले वताए । आयोजनासम्म सामान ढुवानी गर्न मोदीखोलामा पुल, आयोजनाको आफ्नै क्रसर उद्योग सञ्चालन भइसकेका छन् ।
अहिलेसम्म झण्डै एक हजार आठ सय मिटर टनेल खनिसकिएको छ । ‘पावरहाउसमा निर्माणको काम भइरहेको छ, सुरुङको काम पनि धमाधम भइरहेको छ’ आयोजनाका कर्मचारी कृष्ण रिमालले भने–‘एक सातामा पावरहाउसको जग लगायतका संरचना सम्पन्न हुनेछ ।’
पछिल्ला केहि महिनायता समग्र प्रगति उत्साहजनक रहेको रिमालले जानकारी दिए । टनेलको काम ६० प्रतिशत सकिए पनि समग्र प्राविधिक र भौतिकतर्फको प्रगति तुलना गर्दा ५० प्रतिशतको हाराहारीमा सकिएको रिमालले जानकारी दिए ।
