Correspondent, ParbatNepal
8 years ago
1838
रोशन तिवारी
पुष ९ पर्वत-
पर्वतका २०३ जना महिलाहरुको पाठेघर र स्तन क्यान्सरको जाँच गरिएको छ । सिसेफ नेपालको आयोजना र परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा शनिवार शिविर गरिएको हो । चेतनाको अभावमा महिलाहरुमा पाठेघर र स्तन क्यान्सर विकराल बन्दै गएको छ । धेरैले उपचार गर्न लाज मान्ने र डरत्रासका कारण समयमा उपचार नगर्र्र्ने कारण गाउँघरमै शिविर राखिएको आयोजकले जनायो ।
शिविरमा आएका महिलाहरुलाई स्तन र पाठेघर रोगको उपचार, लक्षण, उपचारका चरणको वारेमा मनो परामर्श समेत दिईएको थियो । शिविरको प्रतिनिधिसभाका सदस्य पदम गिरीले उद्घाटन गर्नुभएको थियो । शिविर उद्घाटन गर्दै सांसद गिरीले सिसेफले गरेका सचनात्मक तथा सामाजिक कामको प्रशंसा गर्नुभयो । उहाँले देशमा नागरिक स्वस्थ रहेमात्र राष्ट्र समृद्ध हुने वताउँदै सबै नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने धारणा राख्नुभयो ।
सिसेफ नेपालका अध्यक्ष थमनारायण पौडेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्ककिा अध्यक्ष अर्जुन सिग्देल, कुश्मा नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष चित्रकला शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, सिसेफ महिला समूहकी अध्यक्ष इश्वरी पाठक, लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष पुरुषोत्तम आचार्य र लायन्स क्लव अफ कुश्मा सिटीका अध्यक्ष रीतादेवी भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सिसेफ नेपालका संस्थापक अध्यक्ष टंकनाथ लामिछाने र कार्यक्रमको संचालन सचिव कामना रेग्मीले गर्नुभएको थियो
