Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2439




संरक्षण नहुँदा कुर्घाको ‘चमेरो गुफा’, ओझेलमा
संरक्षण नहुँदा कुर्घाको ‘चमेरो गुफा’, ओझेलमा

कात्तिक ७, पर्वत । पर्वत फलेवास नगरपालिका –१० कुर्घा फाँटमा रहेको ऐतिहासिक, धार्मिक एवम् पर्यटकिय महत्व बोकेको चमेरो गुफाको उचित संरक्षण हुन नसक्दा ओझेलमा परेको छ । गुफाको उचित संरक्षण हुन नसक्दा यसको प्राचीन सम्पदा हराउँदै गएको छ । गुफाको प्रचारप्रसार र आर्थिक अभावले गर्दा ओझेलमा परेको स्थानीयवासी बताउँछन् । कालीगण्डकी नदिको तट भन्दा ५ सय मिटर उचाईमा रहेको गुफामा  कालीगण्डकी नदिमा स्तान गरि गुफामा पुजा गर्नाले मनोभावना पुरा हुने धार्मिक विश्वास छ । विभिन्न भगवानका आकृति रहेको गुफा झण्डै ४ रोपनी  क्षेत्रफलमा फैलिएको छ । गुफा भित्र शङखाकारमा रहेका विभिन्न भगवानका आकृति भेटिनुका साथै गुफा भित्र पानीका मुहान समेत देख्न सकिन्छ । 


गुफा परिषद् भित्र चराचुङग्री लगायतका विभिन्न बन्यजन्तुको समेत वासस्थान छ । गुफामा चमेराको वसोवास रहेकाले उक्त गुफाको नाम चमेरे गुफा नामाकरण रहन गएको जानकार बताउँछन् । गुफाभित्र पानीका मुहान पनि प्रशस्त मात्रामा भेटिन्छन् । गुफा संरक्षणका लागि कहीँ कतैबाट पनि सहयोग प्राप्त नहुँदा गुफाको महत्व ओझेलमा परेको नमुना युवा क्लव कुर्घाका अध्यक्ष विजय पौडेलले बताए । ‘गुफाको प्रचारप्रसार र विकास गर्ने सके पर्यटकीय क्षेत्रको रुपमा विकास हुने र यसले स्थानीयबासीमा आर्थिक विकासमा टेवा पुग्ने पौडेलको भनाई छ ।’ 


गुफाका विषयमा यहाँका सरोकारवाला नागरिक अनभिज्ञ छन् । स्थानीय शिक्षक जितवहादुर थापाले भने,‘ गुफाको संरक्षणका लागि कहीँ कतैबाट पनि सहयोग प्राप्त नहुँदा गुफाको महत्व ओझेलमा परेको हो । अब नगरपालिकासँग सहयोग गरेर यसको संरक्षण र प्रचारप्रसारमा लाग्नुपर्ने उनको सुझाव छ ।’ 

गुफासम्म जाने बाटो मर्मत गर्ने सके आन्तरिक पर्यटकको आवागमन ह्वात्तै बढ्ने स्थानीयवासी बताउँछन् । अहिलेसम्म यहाँ गुफामात्र अवलोकन गर्न आउनेको संख्या एकदमै न्यून रहेको वडा अध्यक्ष शालिग्राम शर्माले भने, ‘यो गुफा कुर्घाको मात्रा नभई समग्र पर्वत जिल्लाको पर्यटन विकासका लागि एक बलियो मेरुदण्ड हो । यसको विकास र पर्वद्धनका लागि नगरपालिकामा कुरा उठाएको उहाँको भनाई छ ।’

 

। गुफासम्म पुग्नका लागि सडकको राम्रो व्यवस्था नहुँदा पनि गुफाका पछाडी परेको स्थानीयको गुनासो छ ।  गुफाको भौतिक पूर्वाधार क्षेत्रको विकास हुन सकेको खण्डमा गुफा अवलोकन गर्नका लागि यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटक भित्रने सम्भावना छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)