Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1540




पर्वतमा पुनिनर्माण किन सुस्त भयो त कारण यस्तो छ ?
पर्वतमा पुनिनर्माण  किन सुस्त भयो त कारण यस्तो छ  ?

कार्तिक ८ पर्वत । पर्वतमा भूकम्पपछिको पुननिर्माण अन्तर्गत एक हजार ४ सय घर निर्माण भएका छन् । विभिन्न खालका प्राविधिक झण्झटले पुननिर्माण सुस्त रहेको देखिन्छ । भूकम्प पीडितको लगत संकलन, सुचिकृतमा भएको बिबाद, मापदण्ड, प्राविधिकको अभाव, दक्ष डकर्मीको अभाव, आर्थिक अभाव र जनशक्तिको अभावले अपेक्षा अनुसार घर निर्माण नभएको हो । भूकम्पबाट जिल्लामा पाँच हजार २६९ घर पूर्ण क्षती भएको तथ्यांक छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार घर निर्माण गरिसकेका एक हजार ४०० लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकम समेत बुझिसकेका छन् । पहिलो किस्ताको रकम लगेका तीन हजार ४०० नौ जनाले अहिले पनि घर निर्माण गरेका छैनन् ।

पूर्ण क्षतिमा परेका लाभग्राहीमध्ये हालसम्म चार हजार ८०९ जनाले पहिलो किस्ताबापतको रकम रु ५० हजार बुझिसकेका छन् भने ४६० जनाले पहिलो किस्ताको रकम समेत बुझेका छैैनन् । लाभग्राहीलाई पहिलो किस्ताबापतको रकम रु २४ करोड चार लाख ५० हजार भुक्तानी गरिसकिएको छ भने दोस्रो किस्ताबापतको रकम रु २१ करोड घर बनाएकाले भुक्तानी लगिसकेको पर्वतले जनाएको छ । आयोजना कार्यान्वयन इकाई प्रमुख जगदिश शर्माले पुननिर्माण सन्तोषजनक नरहेको बताउनुभयो । 

इकाई प्रमुख शर्माका पर्वतमा तेस्रो किस्ताको रकम भने अझैसम्म कसैले पनि माग गरेका छैनन् । पहलिो किस्ता लगेर पनि कतिपयले घर नै निर्माण गरेका छैनन् । पहिलो किस्ता लगेर घर नबनाएका लाभग्राहीलाई रकम फिर्ता गर्न ताकेता गरिएको छ । शर्माले भन्नुभयो,‘घर बनाउन नचाहानेका लागि सार्वजनिक सूचना जारी गरेरै रकम फिर्ता गर्न ताकेता गरेका छौंँ ।’ भदौ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरण समितिको बैठकले पहिलो किस्ता लगेर पनि घर नबनाएका लाभग्राहीको रकम फिर्ता गर्नुपर्ने नियम बनाएको थियो । 

जिल्लामा तेस्रो किस्ताको रकमका लागि माग भई आएमा तत्काल दिन सकिने अवस्था रहेको छ । आगामी वैशाख सम्म रकम फिर्ता नगर्नेका लागि सरकारी बाँकी सरह असुल उपर गर्ने शर्माले जानकारी दिए । अहिलेसम्मको पुनःनिर्माणको अवस्था हेर्दा पर्वतमा वास्तविक पीडित झण्डै दुई हजार मात्रै भएको अनुमान छ । घर सम्पन्न भएको प्राविधिकको सिफारिसको आधारमा स्थानीय तहले निवेदन दिएमा तेस्रो किस्ताको रकम भुक्तानी गर्ने प्रावधान रहेको छ । त्यसैगरी पर्वतमा चार हजार २०० जनाले गुनासो फारम भरेका थिए । तीमध्ये भण्डै दुई हजार ८०० जनाको अनुदानका लागि कार्यालयले सिफारिस गरेको कार्यालयका सुचना अधिकारी वालकृष्ण शर्माले जानकारी दिनुभयो ।। 

भूकम्पका कारण यसअघि नै आंशिक क्षतिमा परेका ४१७ जनामध्ये १२० जनासँग अनुदान सम्झौता भइसकेको छ । आंशिक क्षतिमा परेका २९७ जना भने सम्झौताका लागि समेत आइनपुगेको कार्यालयले जनाएको छ । आंशिक क्षतिमा परेकाले दुई किस्तामा गरी रु एक लाख पाउनेछन् । शुरुमा रु ५० हजार र घर मर्मत गरिसकेपछि रु ५० हजार भुक्तानी पाउने व्यवस्था रहेको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)