Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1555




नेदरल्याण्डमा रहेका पर्वतेलीको सहयोगमा पहिरो पीडित लक्ष्मीले पाईन नर्याँ घर
नेदरल्याण्डमा रहेका पर्वतेलीको सहयोगमा पहिरो पीडित लक्ष्मीले पाईन नर्याँ घर

कात्तिक , पर्वत रोजगारीको शिलशिलामा नेदरल्यान्डमा रहेका पर्वतेलीको सहयोगमा जलजला गाउपालिका धाईरिङ लस्तीका पहिरो पिडितको घर निर्माण गरिएको ।गत साउन गते रातीको वर्षतका कारण पहिरोले क्षेती पु¥याएर विस्तापित जलजला गाउपालिका लस्तीकी लक्ष्मी शर्माको घर निर्माण गरी हस्तान्त्रण गरीएको हो

धाईरिङ वास्वोट घर भई रोजगारीको शिलशिलामा नेदरल्यान्डमा रहनु भएका नारायण आचार्यको विशेष पहलमा नेदरल्याण्डमा रहेका पर्वतवासीको आर्थिक सहयोगमा सौचालय सहित कोठे घर निर्माण गरीएको नेदरल्यान्डवासीको लाख २९ हजार स्थानिय महिला समुह तथा व्यक्तिहरुको श्रमदाना गरी लाख भन्दा वढीको लागतमा घर निर्माण गरिएको हो


विहिवार आयोजित कार्यक्रममा जलजला गाउपालिका अध्यक्ष रामकृष्ण मल्ल,पर्वत समाज नेदरल्यान्डका वरिष्ठ सल्लाहकार गुणनिधि रिजाल ,पर्वत समाज नेदरल्यान्डका अध्यक्ष नरवहादुर रोकाले पहिरो पिडित शर्मालाई घरको चापी हस्तान्त्रण गर्नु भएको थियो सो अवसरमा वोल्दै गाउपालिका अध्यक्ष मल्लले वजेट अभावमा प्रकृतिक विपत्तीवाट भएको क्षेतीमा जनताको आकांक्षा अनुसार काम गर्न नसकेको भन्दै आगामी दिनमा वजेटको उचित व्यवस्थापन गरेर अगाडी वढ्ने वताउनु भयो मल्लले बिदेशमा रहेरपनि आफ्नो माटोलाई सम्झिएर पुननिर्माणमा जुटेको भन्दै राज्यले गर्ने काम गरी उदाहरणिय कार्य गरेको वताउनु भयो

पर्वत समाज नेदरल्यान्डका वरिष्ठ सल्लाहकार गुणनिधि रिजाल समाजका अध्यक्ष नर रोकाले बिदेशमा रहेर पनि आफ्नै गाउँ ठाउँमा सहयोग गगर्नु मानविय कर्तव्य भएको वताउनु भयो


आँफुलाई समाज सेवामा लाग्न अभिप्रेरणा जगाएको भन्दा आगामी दिनमा निरन्तर सहयोग जारी राख्ने बताउनु भयो घर पुननिर्माण अभियानका अभियान्त केदरा प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन धौलागिरी टेलिभिजनका सम्पादक सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो आर्थिक अवस्था कमजोर रहेकी शर्माका श्रीमानको केही वर्ष पहिले निधन भएको थियो उनका सन्तान मध्य छोरीको विवाह भैसकेको भने एक नावालक छोरा छोरी साथमा छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)