Correspondent, ParbatNepal
7 years ago
3115
पर्वत–पर्वत सेवा समाज यू=ए.ईले आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा अन्र्तक्रिया कार्यक्रमलाई पर्वत वेलफेयर सोसाईटी यू=केले सफलताको शुभकामना व्यक्त गरेको छ । यू=ए=ईले विजयदशमी, दिपावलीको शुभकामना सहित पर्वतका सन्दर्भमा सरोकारवाला सँग भोली -कात्तिक १० गते_ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
आज एक विज्ञाप्ती प्रकाशित गदै पर्वत वेलफेयर सोसाईटी यू=केका अध्यक्ष दधी आचार्यले सफलताको शुभकामना दिँदै उक्त कार्यक्रम पर्वतको विकासमा कोशे ढुङगा सावित हुने बताउनु भयो । उहाँले शुभकामना आदानप्रदान तथा अन्र्तक्रिया कार्यक्रमले जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्र्ने धारण व्यक्त गर्नुभयो । साथै पर्वतको विकासमा पर्वत वेलफेयर सोसाईटी यू=केले पनि हातेमालो गर्ने बताउँदै उक्त कार्यक्रमले जिल्लाको विकासमा निचोड निस्कने विश्वास व्यक्त गर्नुभयो ।
पर्वत सेवा समाज यू=ए.ईले -कात्तिक १० गते_आयोजना गर्न लागेको कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गर्नुहुने छ ।
कार्यक्रममा सभान्मुख,प्रतिनिधी सभाका सदस्य, मन्त्री, साँसद, नगरप्रमुख, गाउँपालिका अध्यक्ष,गैरआवासीय नेपाली संघ केन्द्रीय उपाध्यक्ष कूल आचार्य लगायत जिल्लाका बुद्धिजिवी, नागरिक समाज र पत्रकारहरुको उपस्थिती रहने छ ।
