Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1642




वर्राचौर पूर्ण सरसफाईयुक्त वडा
वर्राचौर पूर्ण सरसफाईयुक्त वडा

कात्तिक ९, पर्वत । बिहादी गाउ“पालिकाको वडा नम्वर–२ वर्राचौरलाई शुक्रबार पुर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ । सरसफाईका न्यूनतम सूचकहरु पुरा गरेपछि वडाबासीहरुले आगामी दिनमा 


जिल्लाको चौथो पूर्ण सरसफाईयुक्त गाउँ घोषणा भएको छ । वडा समन्वय समितिको आयोजनामा आज एक समारोहको आयोजना गरि वर्राचौरलाई पूर्ण सरफाईयुक्र वडा घोषणा गरिएको हो । 


राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले स्थानीयवासीहरुलाई सपथ ग्रहण गराई वडालाई सरसफाईयुक्त वडा घोषणा गर्नुभयो । कार्यक्रममा बोल्दै तिमिल्सीनाले सभ्य समाज निर्माण गर्ने अभियानमा सरसफाई महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । उहाँले समृद्धिका यात्राहरुमा सरसफाईमो भूमिकालाई बिशेष ध्यान दिनुपर्ने वताउनुभयो । 

स्वास्च्छ वाताबरणमा वाँच्न पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार रहेको अध्यक्ष तिमिल्सीनाले बताउनुभयो । सरफाईको अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्न उहाँले स्थानीयवासीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रतिनिधीसभाका साँसद पदम गिरी, प्रदेशसभा सदस्य जुनादेवी नेपाली, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसाल, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, नेकपाका नेता गोविन्द पहाडी, नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सचिव विश्वप्रकाश प्रसाई, राष्ट्रिय जनमोर्चाका गोबिन्द पौडेल लगायतले कार्यक्रममा वोल्नुभयो । 


कार्यक्रममा स्वागत गाउँपालिकाका उपाध्यक्ष डम्वरकुमारी गुरुङले गर्नुभयो । २०६७ साल चैत्र २५ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको बर्राचौरमा ३ हजार ४ सय ५१ जनसंख्या रहेको छ । कुल ४९३ घरधुरी रहेको यो वडामा ४ वटा विद्यालय रहेका छन् । 

सबै घरमा खानेपानी र सरसफाईको पहुँच पुगेको र नेपाल सरकारले तोकेका पूर्ण सरसफाईका सुचकहरु पुरा गरेको ग्यारेण्टि भएपछि पूर्ण सरफाईयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष ओमप्रसाद कुँवरले जानकारी दिनुभयो । घोषणा अघि भएका विभिन्न गतिविधिको बारेमा वडाध्यक्ष कुँवरले उक्त अवसरमा प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)