Correspondent, ParbatNepal
7 years ago
1666
कात्तिक ११, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजको सदस्य स+स्था पर्वत सेवा समाज यू=ए.ईद्धारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्वतको कुश्मामा अवस्थित युनिभर्शल पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो । विजयदशमी तथा शुभ दिपावलीको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा पर्वत जिल्लामा जन्मिएर देशको उच्च तहमा पुगेका व्यक्ति, पर्वतमा जन्मिएर बिदेशका विभिन्न देशमा रहेका पर्वत संग सम्बन्धित संघसंस्था, पर्वतका ७ वटै स्थानीय तहका प्रमुख÷ उपप्रमुख, वडाका अध्यक्ष, सदस्यहरु, पर्वतका विभिन्न संघसंस्था, पत्रकारहरुको सहभागिता थियो । उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै तिमिल्सीनाले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने कुरा सबैले महसुस गरेको र यसलाई प्रभावकारी ढंगले लैजाने काम भइरहेको बताउनु भयो । विदेशमा रहेका नेपालीहरुले मातृभूमिको लागि गरेका विभिन्न सहयोग प्रशंसायोग्य रहेको बताउँदै गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्नुपर्छ भन्ने कुरा सबैले महसुस गरेको र अहिले त्यसलाई प्रभावकारी बनाउन काम भइरहेको छ तिमिल्सीनाले बताउनु भयो । उहाँले गैरआवासीय नेपालीहरूले मातृभूमिको विकासका लागि गरिरहेका प्रयासहरू प्रशंसायोग्य रहेको बताउँदै विदेशबाट नेपालीहरूले गर्ने सहयोग पार्टीगत र व्यक्तित रूपमा गर्नुभन्दा पनि स्थानीय सरकारसँगको सहकार्यमा गर्न सकेमा स्पष्ट र पारदर्शी हुने सुझाव दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तिमिल्सीनाले पर्वतको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले अव पासपोर्ट बोकेर बिदेश जाने नेपालीहरुलाई देशमै रोजगारीको सिर्जना गरि देशमै रोक्नुपर्ने आवश्यकता औल्याउनुभयो । अध्यक्ष तिमिल्सीनाले राजनीतिक लडाई सकिएकाले अव देशलाई समृद्ध बनाउने तर्फ सोच्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधीसभाका साँसद पदम गिरीले पर्वतको समग्र विकासका लागि देश बिदेशमा रहेका नेपालीहरुले हातेमालो गर्नुपर्ने बताउनुभयो । सरकारले पूर्वाधार विकासमा लगानी गर्ने कुरामा ढुक्क हुन गिरीले आग्रह गर्नुभयो । गिरीले पर्वत विकासमा पछाडी नपर्ने गरि काम सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पर्वत जिल्लामा कृषि, पर्यटन र शिक्षाको विकासका लागि गैह्र आवसीय नेपालीलाई लगानी गर्न आग्रह गर्नुभयो ।उहाँले देशमा रोजगारीको अवसर नपाएर बिदेश गएका सबै यूवाहरुलाई एकैपटक देशमा फर्काउन नसकिने र विस्तारै फर्काउन यहाँ रोजगारीका अवसर सिर्जना गर्ने तर्फ सोच्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ केन्द्रीय उपाध्यक्ष कूल आचार्यले जिल्लाको विकास र समृद्धिका लागि सबैएक जुट भएर लाग्नुपर्ने बताउँदै आफ्नो क्षेत्रवाट सहयोग गर्ने बताउनु भयो । अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले पर्वतको समग्र विकासका लागि अन्तराष्ट्रिय पर्वत समाज हातेमालो गर्न चाहेको बताउँदै सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो । कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक गोविन्द सुवेदीले मातृभूमिको विकासका लागि सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।
पर्वत सेवा समाज यू.ए.ईका अध्यक्ष परशुराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका संस्थापक अध्यक्ष मणि भुर्तेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन सचिब कलम लामिछानेले गर्नुभएको थियो ।
