Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1782




पर्वतको समृद्धिमा अन्तराष्ट्रिय पर्वत समाजको सहकार्य
पर्वतको समृद्धिमा अन्तराष्ट्रिय पर्वत समाजको सहकार्य

कात्तिक ११, पर्वत । पर्वत जिल्ला जन्मस्थान भई बिदेशमा रहेका नेपालीहरुले पर्वतको कृषि, पर्यटन, शिक्षा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने ईच्छा प्रकट गरेका छन् पर्वतको विकासमा बिदेशमा रहेको पर्वतेहरुले जुनसुकै सहयोग गर्ने त्यसका लागि जनप्रतिनिधीहरुले वातावरण बनाउनुपर्ने उनीहरुले बताए

वडादशैँ तथा दीपवालीको अवसरमा पर्वतको कुश्मामा शनिवार आयोजित कार्यक्रममा उक्त कुरामा छलफल भएको हो अन्तराष्ट्रिय पर्वत समाजको शाखा संस्था पर्वत सेवा समाज यूएईले भव्य रुपमा कार्यक्रम आयोजना गरि सम्पन्न गरेको बिदेशमा रहेर पनि देशको विकासका बारे चिन्तित रहेका पर्वते दाजुभाई दिदिवहिनीहरुले पर्वतको विकासमा आफुहरुले सकेको सहयोग गर्ने बताए पर्वतका जनप्रतिनिधी, राजनीतिक दल, संघसंस्थाका प्रतिनिधीहरु कार्यक्रममा सहभागी भएका थिए

कार्यक्रममा गैह्र आवसीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य, केन्द्रिय सल्लाहाकार गोबिन्द सुबेदी, अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी  र अन्तराष्ट्रिय पर्वत समाजका कोषाध्यक्ष विनोद पुरीले बिदेशमा रहेका सबै पर्वते दाजुभाई, दिदिवहिनीहरु पर्वतको विकासकै सपना देखिरहने कारण पर्वतको दिर्घकालिन विकासका लागि तयार रहेको बताउनुभयो उहाँहरुले पर्वतका लागि के गर्दा दिर्घकालिन रुपमा राहात हुन्छ त्यो योजना तय गर्नका लागि निरन्तर रुपमा जनप्रतिनिधीहरु संग सम्पर्कमै रहने बताउनुभयो

कार्यक्रममा, नेकपाका नेता भक्त कुँवर, नेपाली काँग्रेसका नेता ऋषीकेश तिवारी,नेपाली काँग्रेसका नेता नवराज गुरुङ,जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसाल, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी , कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले बिदेशमा रहेर पनि स्वदेशको माया बोकेर हिँड्ने सबैलाई जिल्लामा लगानी गर्न आग्रह गर्नुभयो

कार्यक्रमलाई सौजन्य गर्ने, व्यवस्थापन गर्ने, मिडिया पार्टनरको रुपमा सहयोग गर्ने सबैलाई मायाको चिनो प्रदान गरिएको थियो उक्त कार्यक्रमको सबै स्थलगत छलफल बिचारहरु पर्वत नेपाल डटकमक फेसबुक पेजमा समेत राखिएको कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गर्नुभएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)