Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1750




पर्वतमा बृहत ऐतिहाँसिक धार्मिक महोत्सव हुने
पर्वतमा बृहत ऐतिहाँसिक धार्मिक महोत्सव हुने

कात्तिक १४, पर्वत । धार्मिक पर्यटन मार्फत पर्वतलाई चिनाउन पर्वतमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । गुप्तेश्वर गुफालाई आधार बनाएर यहाँ धार्मिक महोत्सव गर्न लागिएको हो । महोत्सव क्षणिक नभई वर्षेनी आयोजना गर्न लागिएको हो । पर्वत जिल्लाका सबै संघसंस्थाहरुको समन्वयमा हुने महोत्सव आगामी नयाँ बर्ष देखि प्रारम्भ हुन लागेको हो । वर्षको पहिलो महिना बैशाख १ गते देखि ११ गते सम्म हरेक नयाँ बर्षमा महोत्सव आयोजना गर्ने गरि बहत तयारी भएको छ । 

उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको संयोजकत्वमा एक तदर्थ समिति बनाएर अल्पकालिन समयका लागि एक तदर्थ समिति निर्माण गरि महोत्सवको अवधारणा तयार भएको छ । आज पत्रकार सम्मेलन गर्दै धार्मिक महोत्सवको बारेमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पर्वत जिल्लामा जन्मिएर विश्वभर चर्चित पंडित ईश्वर कृष्ण भूर्तेलले धार्मिक महोत्सवको संकल्प गर्नुभएको हो । उहाँको संकल्प अनुसार पर्वतवासीहरुले महोत्सवलाई सहयोग गर्न लागेका हुन् । आउँदो २०७६ साल बैशाख १ देखि ११ गते सम्म पहिलो महोत्सव आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महोत्सवको सबै तयारी गर्नका लागि आगामी कार्तिक १७ गते कुश्मामा वृहत भेलाको आयोजना गरिएको छ । भेलामार्फत मुल आयोजक समिति गठन गरिने भएको छ । समितिमा पर्वत जिल्ला मात्रै नभएर बागलुङ जिल्लाका धर्मानुरागीलाई पनि समिटिने तयारी रहेको उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो । पर्वत जिल्लालाई धार्मिक पर्यटनको एकमात्र गन्तव्य बनाउने हेतुले महोत्सव गर्ने सोच बनाइएको शर्माले बताउनुभयो । विश्वभरका हिन्दु धर्मावलम्बीलाई यो महोत्सवले पर्वतमा ल्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।


  • धार्मिक महोत्सवका विषयमा पत्रकार सम्मेलन गदै 

गुप्तेश्वर गुफालाई आधार बनाएर यज्ञ सञ्चालन गरिने भएपनि जिल्लाभरका सबै धार्मिक स्थललार्इ समान महत्व दिएर प्रचारमा ल्याईने भएको छ । यो महोत्सवले हिन्दु धर्ममा आएको विचलनलाई सहि दिशामा फर्काउन मद्धत गर्ने अपेक्षा लिइएको विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले बताउनुभयो ।

पर्वत जिल्ला पार्वतीको जन्मथलो हो । महाभारत लगायत धर्मग्रन्थमा उल्लेखित कालन्जर पर्वत यहि जिल्लामा रहेको छ । कालिगण्डकी जस्तो पवित्र नदी, दर्जनौँ पौराणिक धार्मिक दस्तावेज यो जिल्लामा रहेर पनि ओझेलमा रहेका बेला ईश्वर कृष्ण भु्र्तेलको माध्यमबाट पर्वतको महिमा उजागर हुने आचार्यले दावी गर्नुभयो ।

व्यवसायी, धार्मिक अगुवा, पत्रकार लगायतले यो कार्यक्रमलाई गौरवको रुपमा लिएका छन् । कार्यक्रम पर्वतको चिनारी गराउने माध्यम मात्रै नभएर धर्मलाई जगाउने, व्यवसाय प्रवर्दन गर्ने, पर्यटनको विकास गर्ने जस्ता फाइदाको रुपमा पनि हरिएको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)