Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1897




जिल्लाभर भिटामिन ए र जुकाको औषधि खुवाइँदै
जिल्लाभर भिटामिन ए र जुकाको औषधि खुवाइँदै

कात्तिक १४, पर्वत । देशभर बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन एको क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई  जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्ष मुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ । मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था या वितरण केन्द्रमा आफूलाई पायकपर्ने समयमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खवाउन लैजान आग्रह गरेको छ । 

यो अभियानका क्रममा बालबालिकाको पोषणका लागि बालभिटा पनि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यता जिल्ला स्वास्थ्य कार्यालय पर्वतले पनि जिल्लाका दुई नगरपालिका र गाउँपालिकामा भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)