Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1520




सामजिक परिर्वतनका अभियन्ता पम्फै दमाईको निधन
सामजिक परिर्वतनका अभियन्ता पम्फै दमाईको निधन

कात्तिक १५, पर्वत । २००७ सालको प्रजातान्त्रिक आन्दोलनका अगुवा एवं सामाजिक परिवर्तनका अभियन्ता कुनपा ४ निवासी पम्फे दमाईको ८९ बर्षको उमेरमा गएराति निधन भएको छ ।

दलित आन्दोलनका अगुवा भएर नेपाली काँग्रेसको सांगठानिक जीवनमा महत्वपूर्ण भूमिका खेलेका दमाईको निधनप्रति नेपाली काँग्रेसले गहिरो दुख व्यक्त गरेको छ । दमाईको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीको चारतारे झण्डा ओढाउनु भएको थियो । आफ्ना पिता अमृतप्रसाद जोशीका राजनीतिक दौतरी समेत रहेका पम्फे दमाईलाई श्रद्धाञ्जली दिनेक्रममा नेता जोशीका आँखा रसाएका देखिन्थे । नेता जोशीले फम्फे दमाई पार्टीको सिद्धान्त र निष्ठाप्रति अविचलित भएर आजीवन सहयोग गरेको उल्लेख गर्दै उहाँको निधनबाट काँग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको वताउनु भयो ।

केन्द्रीय सदस्य जोशीसहित काँग्रेसका विभिन्न नेताहरू विहिवार विहान उहाँकै निवासमा पुगेर अन्तिम श्रद्घाञ्जली अर्पण गरेका थिए ।


१९८६ साल माघ ६ गते कुश्मामा जन्मनुभएका पम्फे दमाईका दुई श्रीमती, तीन छोरा र दश छोरीहरू छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)