Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1409




लेखफाटकाे सहस्रकमायमा शिवपुराण हुने
लेखफाटकाे सहस्रकमायमा शिवपुराण हुने

कात्तिक १५, पर्वत चन्द्रेश्वर शिवालय मन्दिर लेखफाट पर्वतमा शिव पुराण ज्ञान महायज्ञ हुने भएको जलजला गाउ पालिका वडा नम्बर लेखफाटको सहस्रकमायमा अवस्थित शिव मन्दिरमा आगामी पुष गते देखि १२ गते सम्म महायज्ञ संचालन हुने भएको हो पौराणिक कालंजर पर्वत श्रीपुलेक स्वर्गद्वारी आश्रम प्युठान संगै समन्ध रहेको ऐतिहासिक पवित्र स्थल सहस्रकामयमा अवस्थित शिव मन्दिरमा दैनिक पुजा आज्ञा संचालन नियमित गर्न महायज्ञको आयोजना गर्न लागिएको हो

लेखफाटमा अवस्थित रहे पनि माझफाँट त्यस वरपरका समुदायबाट संयुक्त रुपमा यसको संरक्षण प्रबर्धन हुदै आइरहेको तर बिगत केहि समयदेखि दैनिक पुजाआजा संचालन गर्न समेत कठिनाइ भएपछी माझफाट लेखफाटका सरोकारवाला बुद्धिजीवी जनप्रितिनिधिहरुको संयुक्त भेलाले महायज्ञ आयोजना गरि त्यसबाट केहि रकम बचत गर्ने दैनिक पुजाआज्ञा संचालन गर्ने निष्कर्षमा पुगेको हो

महायज्ञ आयोजना गर्न अहिले मूल आयोजक समिति अन्य विभिन्न उपसमितिहरु गठन भैसकेका छन् त्यसैगरि लेखफाट, माझफाटमा जन्मेर देश बिदेशमा कर्मथलो बनाइरहेका व्यक्तिहरुलाई सक्दो सहयोगको लागि सम्पर्क अनुरोध गर्ने कार्य भैरहेको अष्ट्रेलिया ,बेलायतवाट सहयोग आउने क्रम शुरु भैसकेको कोषाध्यक्ष हिराबहादुर जिसीले बताउनु भएको त्यसैगरि पोखरा, काठमान्डू, भैरहवा ,चितवन लगायतका स्थानमा बसोबास गर्ने मल्लाजीहरुलाई भेटघाट सक्दो सहयोगको लागि अनुरोध गरिएको

धर्म संस्कृति मानव जीवन पर्यन्त , हामि कुनै कुनै माध्यमबाट धर्म संग बाधिएका छौँ धार्मिक धरोहर सबैका साझा हुन सदियौ देखि निरन्तर चलिरहेको पुजाआजा नियमित गर्ने सम्पूर्ण वर्ग क्षेत्र समुदायबाट यो महायज्ञमा सक्दो सहयोग गरि सफल बनाउन अनुरोध समेत गरिएको प्रचार प्रसार उपसमितिका संयोजक कृष्ण जिसीले बताएका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)