Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1927




एमाले’ले ठग्यो कृषक
एमाले’ले ठग्यो कृषक

कात्तिक १६, पर्वत । पर्वतको फलेवास नगरपालिका पोखराचौरमा कृषकहरुले रोपेकोएमाले जातको धानले धोका दिएको कृषकहरु माझ एमाले जात भनेर चिनिने लोकतन्त्र धानले फल दिएन उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिस गरेको थियो कृषि प्राविधिकले दोब्बर फल्ने भन्दै अनुदानमा बीउ बाँडेको धानमा बाला नलागेपछि यहाँका किसान चिन्तित छन् स्थानीय मार्सी कोदे गुडुरा लगायतको धान लगाउँदै आएका यहाँको पोखराचौर आँखेतका करिब दुई दर्जन किसानले यसपटकलोकतन्त्र जातको धान लगाएका थिए यो जातका बोटमा बाला नलागेको हो

यहाँका किसानलेकरिव सय रोपनी खेतमा ८० किलोलोकतन्त्र धानकोबीउ रोपेका थिए अन्य जातका तुलनामा दोब्बर फल्ने बोट हावाहुरीमा पनि नढल्ने भन्दै प्राविधिकले सिफारिस गरेका थिए स्थानीय कृषक पूर्णप्रसाद भुसाल, अस्मिता भुसाल, श्याम भुसाल, अमृत रिजाल, नारायण रिजाल, टीका रिजाल, रिमा रिजाल, गंगा भुसाल, गीता भुसाल, नारायण भुसाल, गणेश भुसाल, टीका रिजाल दुर्गा रिजाललगायतले आफ्ना खेतमा लोकतन्त्र लगाएका थिए

अरूभन्दा दोब्बर फल्ने छिटो पाक्नेभनेर रोप्यौं, पूर्णप्रसाद भुसालले भने, ‘रोप्नेसमयमा बेर्ना निकै राम्रो थियो गाँज पनि राम्रै हाल्यो यो पालि अन्नको अनिकाल टर्ला भन्ने थिया े। एउटै गेडो भित्राउन पाइएन छिट्टै पाक्ने भनेर रोपेको धान कात्तिकसम्म पनि नपसाएपछि शंका लागेर कृषि प्राविधिकलाई खबर गरेकोे उनले बताए स्थानीय जातका धानको तुलनामा दोब्बर फल्नेभनेपछि अगुवा किसानले आफ्ना खेतमा यही धान रोपेका छन् खेत भएकोजम्मा तीन हलकोमेलो हो, टीका रिजाललेभनिन्, ‘घरभरि केटाकेटी छन् अब कसरी हातमुख जोर्ने ? यो भुत्लो काटेर कता तर पार्ने भन्ने चिन्ता

खानेपानीकोसधैं संकट रहनेयो गाउँमा आँखेत मुख्य उब्जनी हुने फाँट हो यतिबेला फाँटभरि लहलह धान झुलेर पहेंलै हुनुपर्नेमा धान हरियै कसैका बोटमा बाला लागेको छैन यहाँका किसानले यो धान पहिलोपटक लगाएका भने होइनन् स्थानीय कृषि प्राविधिक कृष्णप्रसाद तिवारीको सिफारिसमा अघिल्लो वर्ष पनि केही किसानल ेलोकतन्त्र रोपेका थिए राम्रै फल लागेपछि प्राविधिकले यो वर्ष थप धानको बीउ माग गरे फलेबास स्थित नगर कृषि कार्यालयमा कार्यरत प्राविधिकहरू नमोनारायण शर्मा ढाकाराम सुवेदीले बीउ खोजिदिए

बीउमा ५० प्रतिशत अनुदान तत्कालीन जिल्ला कृषि विकास कार्यालयले दिएको थियो अघिल्लोवर्ष परीक्षण गरेकै जातको धान हो, प्राविधिक तिवारीले भने, ‘बीउमा गडबडी भयो या के भयो बुझ्नै सकिएन प्रतिकिलो ६० रुपैयाँ पर्ने बीउ ३० रुपैयाँका दरले ८० किलोको हजार सय रुपैयाँ पठाएको प्राविधिकले बताए

अघिल्लो वर्ष लगाएको भन्दा केही छोटा दाना भएकाले बीउ छर्ने बेलामा नै शंका लागेको किसानले बताए अघिल्लो वर्ष लोकतन्त्र धान भनेको अलि लामोदाना थियो, अस्मिता भुसालले भनिन्, ‘अहिले ल्याएको बीउ अलि छोटो दाना दियो केहीले एमाले धान हो भने भनेपछि सबैले रोप्यौं अहिले रुनु हाँस्नु वर्षभरि खाने अन्नको एउट ैगेडो भित्राउन नपाएपछि सम्बन्धित निकायले क्षतिपूर्ति दिनुपर्ने माग किसानको हामीले आफ खुसी रोपेका हैनौं, हेम क्षेत्रीले भने, ‘कृषि नगरपालिकाले क्षतिपूर्ति दिनुपर्छ

यहाँ धानको बिउ सिफारिस गरेको फलेवासको नगर कृषि कार्यालयका प्राविधिक ढाकाराम सुवेदीले यो वर्ष धान ढिलो रोप्नु मौसममा छिट्टै बदली हुनु लगायतका कारणले बाला नलागेको बताए परीक्षण गररै पठाएका बीउ हो, उनले भने, ‘उनीहरूल ेअलि ढिला रोपेछन्। असोजको पहिलो सातादेखि नै मौसम चिसिएकाले पनि समस्या भएको हुन सक्ने उनले बताए तापक्रम २५ डिग्रीभन्दा तल झरपछि यो धानमा फल नलाग्ने प्राविधिकको भनाइ

नगर कृषि कार्यालय फलेबासका प्रमुख कृषि अधिकृत नारायण पौडेलका अनुसार लोकतन्त्र धान उपल्लो भेगमा फल्दैन उनका अनुसार तराई, भित्री मधेस, तल्लो पहाड मध्यपहाडका नदी किनारमा मात्रै राम्रो फल दिन्छ पोखराचौर उच्च पहाडी क्षेत्रमै पर्छ, उनले भने, ‘यो धान त्यहाँका लागि उयपुक्त होइन कसरी सिफारिस भयो बुझ्नुपर्छ पीडित किसानले क्षतिपूर्ति पाउनुपर्ने उनले बताए

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)