Author
Sajan Pariyar
Sajan Pariyar

Correspondent, ParbatNepal

7 years ago

2177




यस्तो रह्यो पर्वत काँग्रेसको चियापान (फोटो फिचर)
यस्तो रह्यो पर्वत काँग्रेसको चियापान (फोटो फिचर)

कात्तिक १७, पर्वत नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा शुक्रवार चियापान कार्यक्रम कुश्मामा सम्पन्न भएको चियापान कार्यक्रममा पार्टिका नेता तथा कार्यकर्ता, अन्य पार्टिका नेता, सरकारी कार्यालयका प्रमुखहरु लगायत सहभागी भएका थिए


शुक्रवार पार्टि कार्यालयमा भएको चियापान कार्यक्रममा बोल्दै नेताहरुले काँग्रेस बर्तमान अवस्था क्रियाशिल बन्नुपर्ने बताए नेताहरुले सरकारले जनतालाई राहात दिन नसकेको भन्दै प्रतिपक्षी दलको नाताले काँग्रेसले क्रियाशिल भएर जनताको पक्षमा आवाज उठाउनुपर्ने बताउनुभयो काँग्रेसले प्रतिपक्षीको भूमिका ससक्त रुपमा गर्नका लागि पार्टिको आन्तरिक संगठन बलियो हुनुपर्नेमा पनि नेताहरुले जोड दिएका छन्


त्यस्तै सबै दल एक भएर देश विकासमा लाग्नुपर्ने पनि बताइएको कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य एवं नेपाली काँग्रेस पर्वतका पूर्व पार्टि सभापती लालकाजी गुरुङले देशले अहिले निकाश चाहेको जनताले विकास चाहेको बताउँदै त्यसका लागि प्रतिपक्षी दल काँग्रेस संवेदनशिल रहेको बताउनुभयो उहाँले प्रतिपक्षलाई कमजोर नआँक्न पनि सरकारलाई चेतावनी दिनुभयो कार्यक्रममा जिल्ला सभापती खिमप्रसाद भुसालले जिल्लाको विकासमा सबैले एकताका साथ काम गर्नुपर्ने बताउनुभयो


साँसद विकास कोषबाट वितरण गरिने करोड रुपैयाँबाट जिल्लाका १२ वटा सामूदायिक क्याम्पसलाई १०÷१० लाखको दरले आीर्थक सहायता दिलाउन माग गर्नुभयो कार्यक्रममा नेपाली काँग्रेसका पूर्व पार्टि सभापती नवराज गुरुङ, नेकपाका जिल्ला संयोजक भक्त कुँवर , नेपाली काँग्रेसका महासमिति सदस्य ऋषीकेश तिवारी, महासमिति सदस्य बसन्तबहादुर सिके, तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ, महासमिति सदस्य एवं कुश्मा नगरपालिकाका उपप्रमुख सिताकुमारी काफ्ले लामिछाने, महाधिबेशन प्रतिनिधी राजेन्द्रप्रसाद तिवारी, पूर्व महाधिबेशन जितबहादुर नेपाली, राम शर्मा पौडेल लगायतले बोल्नुभएको थियो


गाउँपालिका राष्टिय महासंघको कार्यक्रममा सहभागी भएर उपस्थित नहुनुभएका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीको लिखित शुभकामना वाचन गरेर सुनाईएको थियो उक्त कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपसभापती दुर्गाबहादुर खत्रीले गर्नुभएको थियो भने सञ्चालन सचिव विश्वप्रकाश प्रसार्ईले गर्नुभएको थियो




सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)