Author
Sajan Pariyar
Sajan Pariyar

Correspondent, ParbatNepal

7 years ago

1646




शिवालय मा विका पूर्व विद्यार्थीद्धारा शैक्षिक सामाग्री वितरण
शिवालय मा विका पूर्व विद्यार्थीद्धारा शैक्षिक सामाग्री वितरण

१५ कार्तिक, पर्वत । शिवालय माध्यमिक विद्यालय कुश्माका पूर्व विद्यार्थीहरुले जलजला गाउँपालिका २ माझफाँटमा रहेको विन्ध्यवासीनी प्राविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका छन । शिवालय माविमा २०५८ साल एसएलसी ब्याज समूहका विद्यार्थीहरुले विन्ध्यवासीनी प्राविका २५ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।

एउटै उमेर समूहमा एसएलसी दिएका विद्यार्थीहरुको सक्रियतामा विपन्न विद्यार्थीहरुका लागि न्यानो ड्रेस, खाजा, कपी र कलम सहयोग गरिएको हो । विपन्न दलित समुदायका बालबालिकाहरुको वर्चश्व रहेको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरुको अभाव भईरहेको जानकारी पाएपछि पूर्व विद्यार्थीहरुको तर्फबाट शैक्षिक सामाग्री वितरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई हामीले थोरै भएपनि सहयोग गरेका हौ पूर्व विद्यार्थी तथा अभियानकी संयोजक रिता केसीले भन्छिन–‘सहयोग सानो होला तर विद्यार्थीहरुलाई अध्यापनमा थप सहजता हुनेछ । पूर्व विद्यार्थीहरुले आर्थिक अवस्थाका कारण अध्ययनमा समस्या परेका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले १ लाख बराबरको अक्षय कोषको समेत स्थापना गरेका छन । अक्षय कोषको ब्याज र पूर्व विद्यार्थीहरुको अन्य सहयोगबाट शिवालय मावि र अन्य विद्यालयहरुमा समेत सहयोय गर्ने आफूहरुको उद्देश्य रहेको केसीले बताईन ।

सहयोग हस्तान्तरण कार्यक्रममा विदालयका ब्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमार विक र विद्यालयका प्रअ गुप्त बहादुर जिसीले सहयोगका लागि धन्यवाद ब्यक्त गरेका थिए । २५ जना विद्यार्थी रहेको उक्त विदालय २०२१ सालमा स्थापना भएको हो । ७ जना शिक्षक शिक्षीका रहेको विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरु दलित समुदायका छन । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेको विद्यालयमा पूर्व विद्यार्थीहरुको सहयोगले विद्यार्थीहरुलाई अध्यापनमा केहि सहज भएको विद्यालयका शिक्षकहरुको भनाई छ । सहयोग हस्तान्तरण कार्यक्रममा पूर्व विद्यार्थीहरु रिता केसी, शंकर गिरी, रविन्द्र तिवारी, मञ्जु गौडेल, गंगा पौडेल, सृजना श्रेष्ठ, गणेश गिरी लगाएतको सहभागीता रहेको थियो ।  

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)