Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1501




देउसी–भैलो खेल्ने सोचमा हुनुहुन्छ ? यस्तो छ नियम
देउसी–भैलो खेल्ने सोचमा हुनुहुन्छ ? यस्तो छ नियम

कात्तिक १७, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले तिहारका बेलामा खेलिने देउसी–भैलो राती ९ बजेसम्म मात्र खेल्न अनुरोध गरेको छ । 

शुक्रवार एक विज्ञप्ती जारी गदै देउसी–भैलो तथा साँस्कृतिक कार्यक्रम रातको समयमा गर्दा ‘अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा असर पु¥याउन सक्ने भन्दै सुरक्षालाई मध्येनजर गदै राती ९ बजेसम्म मात्र देउसी–भैलो साँस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको हो ।

त्यस्तै प्रशासनले तिहार र छठ पर्वतमा पटका, आतिसबाजी र विस्फोटक पदार्थहरुको उत्पादन, आयात–निर्यात, बिक्रि–वितरण र प्रयोग नगर्न पनि सबैमा अनुरोध गरेको छ । प्रशासनलेयस विपरित कार्य गरेमा कानुन बमोजिम कारवाही हुने पनि विज्ञप्तीमा उल्लेख गरेको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)