Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1995




धार्मिक महोत्सव लागि पर्वतमा एकै दिन २६ लाख संकलन, एक करोड ५१ लाख संकलन गर्ने लक्ष्य
धार्मिक महोत्सव लागि पर्वतमा एकै दिन २६ लाख संकलन, एक करोड ५१ लाख संकलन गर्ने लक्ष्य

कार्तिक १८ पर्वत । पार्वतीको जन्मथलो र कालञ्जर पर्वतको नामले चर्चित पर्वत जिल्लामा हरेक वर्ष धार्मिक महोत्सव हुने भएको छ । ईश्वर कृष्ण महाराजले पर्वतमा हरेक बर्ष धार्मिक महोत्सव आयोजना गर्नुहुने भएको हो । धार्मिक महोत्सव मार्फत पर्वतलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउने संकल्प अनुसार महोत्सव आयोजना गरिने भएको हो । हरेक नयाँ बर्षको बैशाख १ गते देखि ११ गते सम्म महोत्सव आयोजना हुने भएको हो । शनिबार सदरमुकाम कुश्मामा भएको भेलाले महोत्सव आयोजना गर्न मुल आयोजक समिति गठन गरेको छ । आगामी २०७६ साल बैशाख १ गते देखि ११ गते सम्म पहिलो महोत्सव आयोजना गर्न पृथ्वीनारायण शर्माको संयोजकत्वमा ३७ सदस्सिय मुल आयोजक समिति गठन भएको हो । १५१ सदस्सिय संस्थापक समिति पनि बनेको छ ।

गुप्तेश्वर गुफालाई आधार बनाएर धार्मिक महोत्सव गर्न लागिएको हो । पार्वती जन्मेको स्थान पर्बत भएको धार्मिक विश्वास अनुसार ५१ फिट अग्लो शिव पार्वतीको मुर्ती निमार्ण गर्ने योजना रहेको छ । मुर्ती गुप्तेश्वर गुफाको परिसरमा राखिने छ । १ सय ५१ जना संस्थापक सदस्य बनाई १÷१ लाख सस्थापन सदस्यको तर्फबाट रकम संकलन गरिने भएको छ । कुल १ करोड ५१ लाख मुर्ती निर्माणमा खर्च हुने अनुमान छ । ईश्वर कृष्ण महाराजले सिस महल, धर्मशाला र कोटिहोम निर्माण गर्ने योजना समेत रहेको बताउनुभयो । भेलाकै अवसरमा शनिवार एकैदिन २६ लाख रुपैयाँ संकलन भएको छ । उक्त रकम मुर्ती निर्माणमा लगानी गरिने भएको छ ।


पर्वतको धार्मिक प्रचारप्रसार गर्न सके यहाँ पर्याप्त मात्रामा आन्तरीक तथा वाह्य धार्मिक भक्तजनहरु भित्रिने अपेक्षा गरिएको मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले बताउनुभयो । आईतवारबाटै कुश्मामा सचिवालय बनाएर प्रचारको काम शुरु हुने शर्माले बताउनुभएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर महोत्सव आयोजना गरिएपछि जिल्लाको मोदीबेनी, सहस्रधारा, शालिग्राम शिला, दुर्लुङकोट। पैयुँकोट , अलपेश्वर गुफा, पार्वती गुफा, लालेश्वर गुफा , पञ्चासे जस्ता धार्मिक स्थललाई पनि समान महत्व दिएर प्रचार गरिने आयोजकले जनाएको छ ।

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)