Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1624




जलजलाका पहिरो पीडितका घर बनाउन अन्तराष्ट्रिय पर्वत समाजको सहयोग
जलजलाका पहिरो पीडितका घर बनाउन अन्तराष्ट्रिय पर्वत समाजको सहयोग



पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ र ८ नाग्लीवाङ स्थित वरनेटा र लस्तीका पहिरो पीडितको घर निर्माण गर्न अन्तराष्ट्रिय पर्वत समाजले आर्थिक सहयोग गर्ने भएको छ । अन्तराष्ट्रिय पर्वत समाज र जलजला गाउाँपालिका बिच पहिरो पीडितको घर निर्माण गर्ने विषयमा दुई पक्षिय सम्झौता भएको छ । समाजले घर निर्माणका लागि ९ लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ । 

अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी र जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण बिच सम्झौतामा हस्ताक्षर गरि सम्झौता आदान प्रदान भएको छ । गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दुईपक्षिय सम्झौता भएको हो । 

सम्झौता अगाडी सोमबार नै पहिरो ग्रस्त गाउँमा पुगेका समाजका अध्यक्ष पुरन गिरी, कोषाध्यक्ष बिनोद पुरी, पर्वत सेवा समाज यूएईका अध्यक्ष पर्शुराम पौडेलले पीडितहरु संग अन्तरक्रिया गर्नुभएको थियो । उहाँहरुले पीडितहरुका कुरा बुझेपछि आवास निर्माणमा सहयोग गर्ने आश्वसन दिनुभएको थियो 


आफुहरु अहिले सम्म विभिन्न निकायले दिएको खाद्यन्न, आर्थिक र आस्वसनले परिवारको गर्जो टार्दै आएको अवगत गराएका थिए । स्थलगत रुपमा गरिएको अनुगमन र पीडित संग अन्तराष्ट्रिय पर्वत समाजका पदाधिकारीले गरेको अनुगमनको पर्वत नेपाल डटकमले लाईभ प्रसारण गरेको थियो । 

अनुगमन पश्चात दुई पक्षिय सम्झौताका क्रममा बोल्दै अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले पहिरो आउँदा वितिकै बिदेशमा रहेका नेपालीहरुको मन दुखेर सहयोग गर्ने सोच बनाएको बताउनुभयो । तत्कालिन राहात यहाँका संघसंस्थाले गर्ने सोचेर आफुहरुले घर निर्माण गर्ने सोच राखेर सहयोग संकलन गरेको बताउनुभयो । उहाँले आफ्नो गास काटेर अन्तराष्ट्रिय पर्वत समाज र समाज संग आवद्ध अन्य संस्थाका पदाधिकारीहरुले सहयोग संकलन गरेको बताउनुभयो । पुरीले सहयोग गर्न पाउँदा हर्षित भएको बताउनुभयो । कोषाध्यक्ष बिनोद पुरी, पर्वत सेवा समाज यूएईका अध्यक्ष पर्शुराम पौडेलले पीडितहरु संग अन्तरक्रिया गर्दै सुरक्षित आवास बनाउन सहयोग गरिरहने बताउनुभयो ।  


दुईपक्षिय सम्झौता अनुसार गाउँपालिकाले एक बर्ष भित्रमा आवास निर्माण गर्ने र मर्मतको काम सम्पन्न गरि प्रतिवेदन बुझाउनुपर्र्ने अध्यक्ष गिरीले जानकारी दिनुभयो । साउनमा आएको पहिरोले जलजला गाउँपालिकामा दुई दर्जन घरमा पुर्ण र आँशिक रुपमा क्षति पुगेको छ । लस्ती खोलाको कटानले केहि घर भत्किएका छन् । 

घरमा बस्नै नहुने गरि आधा दर्जन घर बगाएको छ भने अन्य घरहरु सामान्य मर्मत र पहिरो रोकथामका लागि तार जाली लगाएमा बस्न सकिने अवस्थामा छन । बिस्थापितहरु मध्ये पुर्ण रुपमा क्षति भएका घर पुरै निर्माण गर्ने र मर्मत गरेर बस्न सकिने घरहरुमा मर्मत गरिने गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले बताउनुभयो । उहाँले अन्तराष्ट्रिय पर्वत समाजले पीडितलाई ठुलो गुन लगाएको बताउनुभयो । बिदेशमा रहेर देशको सपना देख्ने पर्वतेलीहरुलाई आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो । मल्लले अन्तराष्ट्रिय पर्वत समाजले समाजका लागि गरेको सहयोगको प्रसंसा गर्नुभयो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)