Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2253




पर्वतका भण्डारी अमेरिकी संसदमा निर्वाचित, गाउँबासी खुशी
पर्वतका भण्डारी अमेरिकी संसदमा निर्वाचित, गाउँबासी खुशी

कार्तिक २१ पर्वत । पर्वतको फलेवास नगरपालिका २ थापाठाना स्थित खनारका एचवी ह्यरी भण्डारी अमेरिकामा साँसद बनेका छन् । स्थानीय भूमे आधारभूत बिद्यालय र त्रिभूवन माविका पूर्व विद्यार्थी रहेका भण्डारी अमेरिकाका हाउस अफ डेलिगेटमा निर्वाचित भएकोमा उनको गाउँ थापाठाना र शिक्षा लिएको गाउँ शंकरपोखरीका बासिन्दा र गुरुहरु पनि खुशी भएका छन् । ‘ आँफैले पढाएको र यहि विद्यालयमा शिक्षक समेत रहेको एक बिद्यार्थीले ईतिहाँस रचेको सुन्दा खुशी लागेको छ,‘ त्रिभूवन माविका प्रअ टेकनारायण अधिकारीले भने ।’ उनको गाउँ थापाठाना भएपनि शंकरपोखरीमा उनको वाल्यकाल बढिमात्रामा बितेको हुनाले थापाठाना र शंकरपोखरीवासीहरुले खुशीयाली मनाएका हुन् ।

उनका भाई हाल काठमाण्डौ निवासी कोशिश भण्डारीका अनुसार ह्यरी सन् २००५ मा अमेरिका पुगेका थिए । अंग्रेजीमा स्नाकोत्तर गरि अंग्रेजी विषयमा केहि वर्ष शिक्षणमा संलग्न रहेका उनी अमेरिकामा पनि शिक्षणमै संलग्न रहेको भाई कोशिशले बताए । सामान्य किसानी परिवारमा जन्मिएका भण्डारी सानै देखि राजनीतिमा रुची राख्ने गरेका थिए । उनी विद्यालय उमेर देखि नै राजनीतिमा दख्खल राख्ने गरेको सहपाठी रहेका राजेन्द्रबहादुर क्षेत्रीले बताए । 

मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको ड्रिस्ट्रिक ८ बाट निर्वाचित हुन सफल भएका हुन् । अमेरिकी मुलधारको राजनीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिने भण्डारी, पहिलो नेपाली मुलका अमेरिकी हुन् । मेरिल्याण्ड राज्यमा रहेका ४७ ड्रिस्ट्रिक बाट हाउस अफ डेलिगेटमा एक सय ४१ जनाले प्रतिनिधित्व गर्दछन् ।

गत जुनमा भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स ड्रिस्ट्रिक ८ को प्रारम्भीक चुनावमा जित हासिल गरेका थिए। मंगलबारको अन्तिम प्रतिस्पर्धामा भण्डारीले दोस्रो स्थान हात पार्दै हाउस डेलिगेटमा चुनिएका हुन् । 

सन २०१४ मा निर्वाचनमा होमिएका भण्डारी, प्रारम्भिक चरणमै पराजित भएका थिए । प्राध्यापन पेशामा संलग्न भण्डारीले यसपटकको चुनावी अभियानको क्रममा १५ हजार घर दैलो चहारेका थिए । भण्डारी डेमोक्रयाटिक पार्टीमा करिब एक दशकभन्दा बढी समय देखि सक्रिय छन् । विजयी भएपछि भण्डारीले मतदाताहरुलाई धन्यवाद दिएका छन् । उनले आफ्नो जन्मभूमीलाई पनि पटक पटक धन्यवाद दिएका छन् । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)