Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1668




अनाथ असहाय बालबालिकालाई पर्वत समाज बेल्जियमले सहयोग गर्ने
अनाथ असहाय बालबालिकालाई  पर्वत समाज बेल्जियमले सहयोग गर्ने

कात्तिक २५, पर्वत पर्वत समाज बेल्जियमले असहाय तथा अनाथ बालबालिकालाई सहयोग गर्ने बारे पर्वतका सरोकारवाला संग छलफल गरेको सदरमुकाम कुश्मा पर्वत समाज बेल्जियमका प्रतिनिधी, जिल्ला समन्वय समितिका प्रमुख, पर्वतका स्थानीय सरकारका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, विभिन्न संस्था पत्रकारविच आईतबार छलफल भएको हो

असहाय तथा अनाथ बालबालिकाको जिविकोपार्जन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पर्वत समाज बेल्जियमले सहयोग गर्न चाहेको त्यसका लागि पर्वतका सबै स्थानीय सरकार संग समन्वय गर्ने जनाएको

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसाल, जलजला का वडाध्यक्ष हरिविकास जिसी, महाशिला का वडाध्यक्ष ईश्वरीप्रसाद भुसाल, पैयुँ का वडाध्यक्ष थानेश्वर तिवारी, नेपाल पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, पत्रकार महासंघका पूर्व अध्यक्ष ओमप्रसाद घायल, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, पत्रकार सन्तोष थापा, राजवावु पिसी, गैसस महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्माले आफ्नो धारणा राख्नुभयो उहाँहरुले पर्वत समाज बेल्जियमलाई कति रकमको परियोजना हो, कति जना बालबालिकालाई सहयोग गर्न चाहेको हो, कस्तो कार्यविधिमा रहेर सहयोग गर्न चाहेको हो पर्वतका सरोकारवालाहरुले के कसरी सहयोग गर्न सक्छन् विस्तृत खाका ल्याउन माग गरे

पर्वत समाज बेल्जिमयका प्रतिनिधीहरुले प्रारम्भिक रुपमा संस्थाले राखेको लक्ष्य, स्थानीय तहको सुझाव लिन, वालवालिकाको अवस्था थाहा पाउनका लागि कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका थिए अन्तरक्रियामा लिइएका सुझाव उपर पुन संस्थाले छलफल गर्ने भएको त्यतिबेला सम्म स्थानीय तहलाई अनाथ असहाय बालबालिकाको तथ्यांक संकलन गर्ने भएका छन्


पर्वत समाज बेल्जियमका प्रतिनिधी कृष्ण तिवारी अमृतप्रसाद पौडेलले संकलित सुझाव उपर छलफल गरि फेरि सरोकारवाला संग अन्तरक्रिया गरि कार्यक्रमलाई कार्यान्वयनमा लैजाने बताउनुभयो । बेल्जियममा केहि समय अगाडी च्यारिटी कार्यक्रमको आयोजना गरि संकलन भएको रकमले अनाथ बालवालिकालाई सहयोग गर्न खोजिएको संस्थाका प्रतिनिधीहरुले बताए

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)