Author
Sajan Pariyar
Sajan Pariyar

Correspondent, ParbatNepal

7 years ago

1744




अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप सम्पन्न
अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप सम्पन्न

कात्तिक २७, पर्वत समाज कल्याण स्रोत विकास केन्द्र नेपालको आयोजनामा पर्वतको मोदी गाउँपालिका स्थित बाजुङ आधारभूत विद्यालय क्याङमा अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप प्रतियोगिता तथा बाल कचहरी कार्यक्रम सम्पन्न भएको विद्यार्थीहरुको अन्रनिहित प्रतिभाको प्रस्फूटन गराउने उद्देश्यले विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको हो

गुड नेवर्स ईइन्टर नेशनलको सहयोगमा सोडेक नेपालले कार्यक्रम संचालन गरेका विभिन्न विद्यालयका विद्यार्थीहरुका बीच प्रतियोगिता संचालन गरिएको हो अतिरिक्त कार्यक्रमहरुमा हाँजिरी जवाफ, वक्तृत्वकला, कबिता तथा निबन्ध लेखन लगायतका प्रतियोगितामा विद्यार्थीहरुले भाग लिएका थिए प्रतियोगितामा फलेवास नगरपालिकाको भँगरा, लिमिठाना, कुश्मा नगरपालिकाको पाङ मोदी गाउँपालिकाका क्याङका विभिन्न विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए

कार्यक्रमको जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख उद्धिमराज पौडेलले उद्घाटन गर्नुभयो कार्यक्रममा बोल्दै पौडेलले बालबालिकलाको सिकाई उपलब्धी बढाउन अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताउनुभयो उहाँले नेपाल सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल आउन नसकेको बताउँदै शिक्षा क्षेत्रका समग्र पक्षहरुले सुधारमा पहल गर्नुपर्नेमा जोड दिनुभयो

सोही अवसरमा बाल अधिकारको संवद्र्धन नेपालमा बाल बिवाहको अन्त्य विषयक बाल कचहरी संवाद कार्यक्रम समेत संचालन गरिएको थियो अधिवक्त कुञ्जनी परियार प्यासीले पेश गरेको अवधारणा पत्रमाथि अन्तरक्रिया गरिएको थियो

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य कबिता वि.., अधिवक्ता कुन्जनी परियार, मोदी गाउँपालिका क्याङका का.वा अध्यक्ष लक्ष्मी वि., स्रोत व्यक्ति गोबिन्द तिमिल्सीना, कार्यक्रम संयोजक रमेश रिजाल लगायतले मन्तव्य राखेका थिए

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चाम बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत गुड नेवर्स ईटरनेशनल पर्वतका कार्यक्रम संयोजक खेम रोकायाले संचालन प्र.. गोबिन्द पोखरेलले गर्नुभएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)