Author
Sajan Pariyar
Sajan Pariyar

Correspondent, ParbatNepal

7 years ago

1696




स्थानीय पूर्वाधार विकास कार्यक्रमका विषयमा पर्वतका निजी व्यवसायी सँग छलफल
स्थानीय पूर्वाधार विकास कार्यक्रमका विषयमा पर्वतका निजी व्यवसायी सँग छलफल

कात्तिक २७, पर्वत  स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत प्रतिनिधि सभा सदस्य पदम गिरीले जिल्लाका नीजि क्षेत्रका ब्यवसायी वीच छलफल तथा सुझाव संकलन गर्नुभएको कार्यक्रममा उपस्थित ब्यवसायीहरुले जिल्लालाई पर्यटनको हव बनाउन सुझाब दिएका थिए

उनीहरुले खेलकुद जिल्लाको पहिचान झल्कने उत्पादनलाई मुख्य आधार बनाएर योजनाहरु निर्माण गर्न समेत सुल्झाए पछिल्लो समय संघियताका कारण बजार बिकेन्द्रीकरण भएकाले नयाँ उद्यम नयाँ ब्यवसायको शुरुवात गर्नुपर्ने ब्यवसायीहरुको आवश्यकता भएकाले नयाँ ब्यवसायमा राज्यको सहयोग मिल्नुपर्ने उनीहरुको धारणा थियो ब्यवसायीहरुले उत्तर दक्षिणी जोड्ने मुख्य सडकहरुको कालोपत्रे कुश्मा बलेवा जोड्ने कालीगण्डकी नदी माथि कल्लेरी मोटरेवल पुल निर्माण कार्यमा समेत यथासक्य प्रयास गर्न सांसद गिरीलाई आग्रह गरे

त्यस्तै निर्माण कार्य अवरुद्ध भएका योजनाहरुलाई कार्यान्वयनमा लैजानुपर्ने सुझाब दिदै ब्यवसायीहरुले झोलुंगे पुल फन पार्क मार्फत जिल्लाको आर्थिक, पर्यटकीय सम्बृद्धिमा लाग्नु जिल्लाबासीको महत्वपूर्ण आवश्यकता रहेको उनीहरुको भनाई 

अन्तरक्रिया कार्यक्रममा सांसद पदम गिरीले ब्यवसायीहरुको सुझाबलाई सकारात्मक रुपमा ग्रहण गर्ने प्रतिबद्धता ब्यक्त गरे कार्यक्रममा गिरीले आगामी बर्षमा जिल्लाले उल्लेख देखिने गरी परिर्वतनको महशुस गराउने गरी आफू केन्द्रिय सरकार प्रदेश सरकारसंग समन्वय गरीरहेको बताए  

सरकारले प्रत्येक सघिय निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास कार्यक्रमका मार्फत सांसदको समन्वयमा विनियोजन गर्ने गरी करोड रकम छुटाएको

कार्यक्रममा समन्वय समिति प्रमुख मनोहर वि.पौडेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, पूर्व अध्यक्षहरु मिनप्रसाद श्रेष्ठ, रामकृष्ण कमाचार्य, हरीओम शर्मा, बरिष्ठ उपाध्यक्ष गोपि अधिकारी, उपाध्यक्ष ठाकुर वि पौडेल, महासचिव गणेश लामिछाने, कोषाध्यक्ष रमेश लामिछाने, पूर्व उपाध्यक्ष शिव पौडेल लगाएतका ब्यवसायीका अगुवाहरुको सहभागीता रहेको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)