Correspondent, ParbatNepal
7 years ago
1883
कात्तिक २८, पर्वत । पर्वतको सेतीवेणी शिलामा पूजा गर्न गएकी १६ वर्षीय किशोरीको शव १० दिनपछि फेला परेको छ । कात्तिक १७ गते पूजा गर्न गएकी गल्याङ नगरपालिका–५ सालबुट्टाकी निशा भुसालको शव सोमबार फेला परेको हो ।
गल्याङ–५ आधीमुहानस्थित कालीगण्डकी नदी किनारमा पहेँलो रंगको कुर्तासुरुवालसहित किशोरीको शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लुगा र हुलियाको आधारमा सनाखत गरी मृतक निशा नै रहेको खुलेपछि घटनास्थल लाशजाँच मुचुल्का गरेर पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको प्रहरीले जनाएको छ । भुसालका आफन्तले मंगलबार पोष्टमार्टम गर्ने जनाएका छन् ।
१७ गते बेपत्ता निशाको नदी किनारमा चप्पल र झोला भेटिएपछि खोजी भएको थियो । शव भेटिएपछि थप अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
