पर्वतमा बाँदरको आक्रमणमा एक बृद्धा घाइते ।।
मंसिर २, पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा बाँदरले आक्रमणबाट एक बृद्धा घाइते हुनुभएको छ । बारीमा आएको बाँदर लखेट्न खोज्दा ७४ वर्षिया भिमकुमारी तिवारीलाई बाँदरले आक्रमण गरि घाइते बनाएको हो ।
तिवारीको हात र मुखमा बाँदरले चिथोरेपछि स्थानीय स्वास्थ्यचौकीमा लगेर उपचार गराईएको उहाँका छोरा विष्णु तिवारीले जानकारी दिनुभयो । खेतबारीको अन्नबाली, फलफूल मात्रै होइन, घरमै पसेर भकारीको अन्न पनि बाँदरले लैजाने गरेको स्थानीय कमलप्रसाद जैसीले बताउनुभयो ।
बाँदर बढ्दै जाँदा स्थानीयलाई समस्या हुँदै आएको छ । जिल्लाको महाशिलामा बाँदर नियन्त्रणको खबर सुनेका स्थानीयले फलेवास नगरपालिकालाई पनि बाँदर नियन्त्रण गर्न अनुरोध गरेका छन् ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2397
सम्बन्धित समाचार ( मुख्य खबर)
