Correspondent, ParbatNepal
7 years ago
1818
मंसिर ४, पर्वत । पर्वत
जिल्लामा सामुदायिक विद्यालयले शैक्षिक
सुधार गरेपछि निजी
विद्यालय बन्द भइरहेका
छन् । शहरी
क्षेत्रमा धमाधम सामुदायिक विद्यालय
बन्द भइरहेका छन्
र निजी विद्यालय
खुलिरहेका बेला पर्वत
जिल्लामा भने यसको
विपरीत देखिएको छ ।
निजी
विद्यालय बन्द भएर
सामुदायिक विद्यालयमा गाभिने क्रम
दक्षिण पर्वतको बिहादी गाउँपालिकामा
शुरु भएको हो
। गाउँपालिकाले सामुदायिक
विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन
गराउन थालेपछि निजी
विद्यालय छाडेर विद्यार्थीहरू सामुदायिक
विद्यालयमा आउन थालेका
छन् । गाउँपालिकाले
एक कक्षादेखि तीन
कक्षासम्म अनिवार्य अङ्ग्रेजी माध्यममा
पढाउन थालेका छन्
।
चालु शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र रहेका ३२ सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन थालेको छ । अनिवार्य अङ्ग्रेजी, विज्ञान र गणित विषय अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी नआउने र अङ्ग्रेजी पढाउनकै लागि अभिभावकले बालबालिका बोकेर बजार झर्न थालेपछि एकैपटक सबै विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरिएको गाउँपालिकाका गाउँ शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
गाउँपालिकाले अङ्ग्रेजी माध्यममा विद्यालयमा पढाउन शुरु गरेपछि बिहादी–२ बर्राचौरको बिहादी बोर्डिङ स्कुल बन्द भएको छ भने वडा नं १ बाच्छाको जनकल्याण माविमा नजिकका विद्यार्थी आएपछि त्यहाँको बोर्डिङ पनि बन्द हुने अवस्थामा पुगेको छ ।
तीन कक्षासम्म चलेको विहादी बोर्डिङ यसवर्षदेखि बन्द भएको छ । विद्यार्थी धेरै नजिकैको आम्बारी माध्यामिक विद्यालयमा गएका छन् । निजी विद्यालय बन्द भएपछि आम्बारी माविमा तल्लो कक्षामा विद्यार्थीको चाप बढेको प्रधानाध्यापक गणेश पौडेलले बताउनुभयो ।
