Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1523




पर्वतमा न्याय हराउँदै गएको सरोकारवालाको गुनासो
पर्वतमा न्याय हराउँदै गएको सरोकारवालाको गुनासो

मंसिर ४, पर्वत  । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम मंसिर ३ गते पर्वतको कुश्मा बजारमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा सहभागी सरोकारवालाहरुले पछिल्लो समयमा बास्ताविक पिडितले न्याय पाउन नसकेको भन्दै न्याय हराउँदै गएको गुनासो व्यक्त गरेका छन् । 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम आचार्यले मानव अधिकार संरक्षण तथा सम्बद्र्धनमा आफु दृढ रहेको बताउँदै पर्वत जिल्लामा मानवअधिकार उल्लङघनका घटनाहरुलाई न्यूनिकरण गर्न आफु सदैव लागिपर्ने प्रतिबद्धता जनाए । उनले इन्सेकले प्रकाशन गर्दै आएको मानवअधिकार बर्ष पुस्तक न्यायिक तथा अर्धन्यायिक क्षेत्रहरुका लागि मानव अधिकार घटना सर्वेक्षणमा प्रभावकारी बन्दै आएको बताउँदै शिक्षा, खानेपानी, स्वास्थ्य, खाद्यन्न लगायतका क्षेत्रमा हुने मानवअधिकार हनन्का घटनाहरुलाई पनि जोड दिन सुझाव दिएका थिए । उनले जिल्लाको समग्र क्षेत्रलाई समेटेर घटना संकलन गर्न समेत सुझाव दिएका थिए ।  

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर राजन रायमाझीले जुनसुकै घटनामा पनि सुक्ष्म तबरबाट प्रमाणरुपी अनुसन्धान गरेर घटनाको छानविन गर्ने बताए । उनले कानून सवैका लागि समान रहेको बताउँदै जो कोहीले कानुनको उल्लंघन गरेपनि कार्बाही भोग्नुपर्ने धारणा राखे । 

समीक्षा कार्यक्रममा पर्वत जिल्ला अदालतका श्रेष्तेदार दयाराम पोख्रेलले पर्वतमा अघिल्लो बर्षको तुलनामा यस बर्ष बलात्कारका घटनाहरु बढेको बताउँदै त्यस्ता घटनाहरु न्यूनिकरण गर्न सवै सचेत बर्गहरुले आ आफ्नो भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्षद्वय ओमप्रसाद घायल र दुर्गापसाद शर्माले जुनसुकै घटनामा पनि अदालत, प्रहरी र प्रशासन लगायतका राज्य मातहतका निकायले नै घटनाको छिनोफानो गर्ने र गहिरिएर अनुसन्धान प्रक्रिया अघि नबढाउँदा पिडितले कानुन बमोजिम न्याय पाउन नसकेको गुनासो गरे । उनीहरुले मानवअधिकार सम्बद्ध संघ संस्थाहरुले अदालत र प्रहरीको पछि नलागि बास्ताविक घटना बुझेर पिडितलाई न्याय दिन अग्रसर हुनुपर्ने प्रसंग औल्याए । 

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश पौडेल, नेपाल मानवअधिकार संगठन पर्वतका अध्यक्ष हरिनारायण रेग्मी, उपभोक्ता मञ्च पर्वतकी अध्यक्ष सरिता भण्डारी लगायतले सुझाव व्यक्त गरेका थिए । 

 जिल्ला प्रतिनिधि सन्तोष थापाले सन् २०१८ जनवरी देखि हालसम्म गरी जिल्लामा अभिलेख गरिएका विभिन्न ३१ वटा मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए । जसमध्ये घरेलु हिंसाका १३ वटा, बलात्कारका ११ वटा, बलात्कार प्रयासको १, हत्या ३, भौतिक सम्पति क्षतिका १ वटा, कुटपिट १ र गैह्रकानुनी गिरफ्तारका १ घटना रहेका छन् ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)