Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1865




गुप्तेश्वर क्याम्पसमा स्वागत र वधाई कार्यक्रम
गुप्तेश्वर क्याम्पसमा स्वागत र वधाई कार्यक्रम

पुष १४ पर्वत - पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा वधाई ज्ञापन कार्यक्रम गरिएको क्याम्पसमा आज आयोजित कार्यक्रममा क्रियाशिल स्वतन्त्र विद्यार्थी यूनियनद्धारा स्नातक तह प्रथम वर्षम भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत तथा नव नियुक्त क्याम्पस प्रमुख सु्भास पन्त सहायक क्याम्पस प्रमुख ओमकार गिरीको वधाई ज्ञापन गरिएको हो

त्यस्तै जेसिजद्धारा आयोजित राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका नेविसंघ ईकाई उपाध्यक्ष तथा स्ववियू सदस्य अमृतप्रसाद पोखरेललाई वधाई दिइएको थियो   कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो उक्त अवसरमा वोल्दै जोशीले क्याम्पसको शैक्षिक प्रगती दु्रत गतिमा अगाडी वढाउनु आवश्यक रहेको वताउनुभयो उहाँले देशमा आएको नयाँ संरचनाले अव शिक्षामा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो गुप्तेश्वर वहुमुखी क्याम्पसलाई जिल्लाकै नमूना क्याम्पसको रुपमा विकास गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने नगरप्रमुख जोशीले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो

नगर उपप्रमुख सीता काफुले लामिछानेले सदरमुकाममा रहेर पनि गुप्तेश्वर वहुमुखी क्याम्पस अहिले पनि समस्यामा रहेको चर्चा गर्दै अव शैक्षिक भौतिक प्रगती तर्फ लाग्न आग्रह गर्दै त्यसका लागि स्थानीय सरकारले सहयोग गर्ने वताउनुभयो

उक्त अवसरमा नेविसंघका सहमहामन्त्री हरिहर शर्मा, गुप्तेश्वर वहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशी, क्याम्पस प्रमुख सुभाष पन्त, नेविसंघ ईकाई सभापति शिशिर शर्मा पौडेल, अनेरास्ववियूका ईकाई कावा अध्यक्ष मिलन शर्मा, स्ववियू सचिव टिका गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो स्ववियू सभापति शिशिर क्षेत्रीको सभापतीत्वमा भएको कार्यक्रमको स्वागत स्ववियू उपाध्यक्ष ईश्वर भुसालले गर्नुभएको थियो भने सञ्चालन नेविसंघका ईकाई सचिव एवं स्ववियू सहसचिव सन्तोष पाठकले गर्नुभएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)