Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2219




पाँचबर्ष देखी मोटरबाटो अलपत्र
पाँचबर्ष देखी मोटरबाटो अलपत्र

मंसिर ७, पर्वत । चुनाव आउँदा मात्र चर्चामा आउने टंकीबिसुन चौकाराहाले जोड्ने ग्रामीण सडक अझै सम्पन्न भएको छैन स्थानीयको सक्रियतामा पाँच बर्ष अगडी निर्माण कार्य सुरु भएको उक्त सडकको पछिल्लो बर्ष निसाना नै मेटिदै गएको फलेवास नगरपालिका खानीगाउँ टंकी देखी देविस्थानको राहालेसम्म जोड्ने किलोमिटर सडकका लागि साविक खानीगाउँ गाविसले ४० हजार रुपैयाँ बिन्योजन गरेको थियो उक्त रकम बराबरको काम खानीगाउँको टंकीबाट शुरु गरिएको थियो

०७०-७१ देखी नै थालिएको यो सडक बजेट अभाव सरोकारवाला निकायको बेवास्ताका कारण अलपत्र स्थानीय जनसमुदायको पहलमा थालनी गरिएको उक्त सडक बर्षाको मर्मत सम्भारको अभावका कारण साँघुरो हुदै गएको मोटरबाटो सुचारु गर्नको लागि वडा कार्यालय नगरपालिका सँग अनुरोध गरेपनि कुनै निकायले पनि पहल नगरेका कारण मोटरबाटो अलपत्र परेको दुर्गादत्त तिवारीले बताए   उनका अनुसार सडक बन्दा यहाँको खानीगाउँ, शंकरपोखरी, लिमिठाना, ठानामौला भँगराका नागरिकलाई आवातजावत गर्न सहज हुने थियो उनले भने,‘काम गर्नुपर्ने निकायको बेवास्ताले सडक बनेन्

उक्त सडक निर्माणमा वडा कार्यालयले ध्यान दिनुपर्ने थियो   हामीले धेरे पटक वडाअध्यक्ष सँग बिन्ति गरौँ उहाँले हाम्रा कुरा सुन्नुभएन, तत्कालिन खानीगाउँ गाविसको संयन्त्र दलले यो बाटोलाई प्राथमिकतामा राखेको थियो बाटो निर्माण भएको भए धेरै कुरामा सहज हुने थियो स्थानीय रेशम तिवारीले भने,‘लामो समय बितिसक्दा पनि सरोकारवाला निकायले चासो नदिँदा काम सम्पन्न हुन सकेन उक्त बाटो हुँदै लास बोकेर जैमिनीघाटमा लगी अन्तिम दाहसंस्कारका लागि सदियौँदेखि प्रयोग भईरहेको पाँच वटा वडाका स्थानीयहरुले लास बोक्नका लागि सोही बाटो प्रयोग गर्छन् बषौँदेखी बाटो निर्माण तथा मर्मत संम्भार नहुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको

गण्डकी प्रदेश सरकारले तिन जिल्लो जोड्ने गरि निर्माण गर्न लागेको स्याङ्गजाकोनौडाँडा, पर्वतको कार्कीनेटा, खानीगाँउ, जैमिनीघाट हुँदै बाग्लुङ्गको बुर्तिवाङ्ग जोड्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको रुपमा रहेको उक्त सडकको विसुनचौकामा अन्दाजी सय मिटर ट्रयाक खोल्न मात्र बाँकी उक्त सडकको ट्रयाक खोलेमा बाग्लुङ्ग पर्वतका बासीन्दालाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सबैभन्दा छोटो मार्ग हुनेछ

तर, स्थानीय सरकार जनप्रतिनिधिहरुको वेवास्ता लाचारीका कारण उक्त सडकखण्डको ट्रयाक खोल्न सकिएको छैन भने, गोरेटो बाटोसमेत मर्मतमा समेत स्थानीय तहले ध्यान नदिएको स्थानीयवासीको आरोप यता खानीगाउँका वडाध्यक्ष दिपक शर्मा पौडेलले उक्त सडकको काम भईरहेको जानकारी दिए उनले भने,‘ बाटो निर्माणका लागि रकम बिन्योजन भईसकेको हामी स्थानीयबासी सँग छलफलकै क्रममा छौँ सडकलाई कुन मोडलमा खन्ने भन्ने बिषयमा छलफल हुँदै

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)