Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1657




लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

मंसिर ९, पर्वत । ‘लैङ्गिक हिंसा र दुर्व्यवहार स् छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदैछ । हरेक नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ । 


अभियानको क्रममा विभिन्न संघसंस्थाले पदयात्रा, अन्तर्क्रिया, गोष्ठी, सार्वजनिक सुनुवाई र सञ्चारमाध्यममा चेतनामूलक कार्यक्रम गर्दैछन् । लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराध अन्त्य गर्न यो अभियान सुरु भए पनि लैगिंक हिंसाका घटना भने रोकिएका छैनन् । विश्वमा सन् १९९१ देखि र नेपालमा २०५४ सालदेखि अभियान सुरु गरिएको हो ।  

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)