Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1958




अक्षकोषको रकमवाट विद्यार्थीलाई आवश्यक सामग्री प्रदान -विद्यार्थी हर्षित
अक्षकोषको रकमवाट विद्यार्थीलाई आवश्यक सामग्री प्रदान -विद्यार्थी हर्षित

मंसिर ११, पर्वतपर्वतको सदरमुकाम कुश्मा बजारमा  अवस्थित शिवालय माध्यमिक विद्यालयमा सञ्चालित दृष्ट्रिविहीन स्रोत कक्षाका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको

पर्वत वेलफेयर सोसाइटी यूकेले स्थापना गरेको अक्षकोषको रकमवाट शैक्षिक सामग्री वितरण गरेको हो ।बालबालिकाको शैक्षिक सहयोगार्थ पर्वत वेलफेयर सोसाइटी यूकेले गत बर्ष १० लाखको अक्षकोष स्थापना गरेको थियो अक्षकोषवाट ८८ हजार रुपैयाँ प्राप्त भएको थियो

उक्त रकमवाट विद्यार्थीलाई एक बर्ष पुग्ने साबुन,जुत्ता लगायत दैनिक जिवनमा आवश्यक पर्ने सम्पूर्ण सामग्री खरिद गरिएको दृष्ट्रिविहिन स्रोत कक्षाका शिक्षक पूर्णहरि रेग्मीले जानकारी दिए उनले भने,‘विद्यार्थीलाई आवश्यक पर्ने सामग्री सहित विद्यार्थीलाई पोषक वितरण गरेका छौँ । अक्षकोषले विद्यार्थीलाई धेरै राहात मिलेको विद्यालयमा हाल २४ जना दृष्ट्रिबिहिन बालबालिका अध्ययनरत छन्

विद्यालयका अध्यक्ष इश्वर गिरीले भने,‘विद्यार्थीलाई दैनिक आवश्यक पर्ने शैक्षिक तथा अन्य आवश्यक सामग्री खरिद गरि वितरण गरेका छौँ बर्षभरिलाई पुग्र्ने सामग्री साथै विद्यार्थीलाई नगद समेत वितरण गरेको उनको भनाई अक्षकोषले दृष्ट्रिविहीन बालबालिकालाई पठनपाठनमा राहात मिलेको गिरीले भने,‘असहाय, गरिव तथा दृष्ट्रिबिहिन बालबालिकालाई अध्ययनमा ठुलो सहयोग पुगेको

पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्यले उक्त रकम सहि सदुपयोग भएकोमा खुशी व्यक्त गर्नुभयो उहाँले भन्नुभयो, ‘दृष्ट्रिविहिन बालबालिकालाई सहयोग गर्ने उद्देश्यले हामीले अक्षकोष स्थापना गरेका हौँ विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्ट्रि प्राप्त भएको उनले बताए साथै यो अभियानमा सहयोग पु¥याउने सबै सहयोगी मनहरुलाई धन्यवाद दिँदै आगमी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए

महासचिव भरत पौडेलले गत नोभेम्वरमा आएर विद्यालय विद्यार्थीहरुको अनुगमन गर्दा निकै पीडा भएको बताए उनले भने,‘विद्यार्थीहरुको अवस्था राम्रो सँग बुझ्ने मौका पाएको थिएँ अहिले आफुले गदै आएको जागिर नै छोडेर उनीहरु जस्तै बालबालिबाको विषयमा अनुसन्धनका लागि पि.एच.डी गर्न लागेको छु भविष्यमा दृष्ट्रिविहिन तथा असाय विषयमा खोज तथा अनुसन्धन गरि उनीहरुको जिवनस्तरमा परिवर्तन गर्ने सोचमा छु

उक्त रकमवाट पठन पाठनमा सहज भएको विद्यार्थीहरुले बताएका छन् उक्त रकम जम्मा गर्न अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष तथा पर्वत वेलफेयर सोसाइटी यूकेका सल्लाहका पुरन गिरी, पर्वत वेलफेयर सोसाइटी यूकेका सल्लाहकार मिठुलाल विश्वकर्मा, सल्लाहकार डाक्टर जगनाथ शर्मा, पर्वत वेलफेयर सोसाइटी यूकेका उपाधक्ष्यद्वय सन्जीब गुरुङ र एक बहादुर पुन,सचिब बिनोद पुरी,कोषाध्यक्ष नेत्र आले मगर, पर्वत वेलफेयर सोसाइटी यूकेका निर्वतमान अध्यक्ष नरजंग गुरुङ लगायत सम्पूर्ण पर्वत वयलफेर सोसाइटी यूकेका समिति लगायत सम्पूर्ण सल्लाहकारहरुको विशेष योगदान थियो

 स्रोतकक्षामा गुल्मी, तनहुँ, बागलुङ, पर्वत लगायत विभिन्न जिल्लाका कक्षा देखि १२ सम्म २४ जना बालबालिका अध्ययनरत छन्

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)