Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

9169




काठमाडौवाट पर्वतका ८ बर्षीय बालक बेपत्ता, कुकुरको सहयोगमा खोजी कार्य जारी
काठमाडौवाट पर्वतका ८ बर्षीय बालक बेपत्ता, कुकुरको सहयोगमा खोजी कार्य जारी

मंसिर १२, पर्वत . मंगलबार राजधानीको गोंगबुबाट एक ८ वर्षीय बालक हराएका छन् । पर्वतको बिहादी गाउँपालिका वडा नं  बर्राचौरका घर भइ हाल गोंगबुमा होटल व्यवसाय गर्दै आएका प्रवीण कुँवरका छोरा ८ वर्षीय बालक प्रयास कुँवर मंगलबार साँझबाट बेपत्ता छन् । उनी कक्षा १ मा पढ्दै आएका थिए ।

बेपत्ता भएका बालक प्रयासका हजुरबुवा ओमप्रसाद कुवँर बिहादी वडा नं का वडा अध्यक्ष हुन ।बुबा प्रवीणका अनुसार होटल परिसरमै खेलिरहेका प्रयास मंगलबार साँझबाट सम्पर्क्विहीन छन्

उनले भने, ‘हामीले महानगरीय प्रहरी प्रभाग, गोंगबुमा खोजतलासका लागि निवेदन दिएका छौं  यता प्रहरी निरिक्षक मोहन केसीका अनुसार सामखुशीमा रहेको बाजेको सेकुवासम्म बच्चा गएको नेपाल प्रहरीको कुकुरले पत्ता लगाएको छ । उनले भने,‘कुकुर सामाखुशीसम्म गएको त्यहाँ बाजेको सेकुवा सम्म पुग्यो अनि रोकियो । यदि बच्चा गाढीमा चढेको भए कुकुरले पत्ता लगाउन सक्दैन, तर पनि प्रयास जारी छ ।’

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)