Correspondent, ParbatNepal
7 years ago
1912
मंसिर १३, पर्वत । काठमाडौंको गोंगबुमा बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं २ बर्राचौरका घर भइ हाल गोंगबुमा होटल व्यवसाय गर्दै आएका प्रवीण कुँवरका छोरा ८ वर्षीय बालक प्रयास कुँवर मंगलबार साँझबाट बेपत्ता भएका थिए । कक्षा १ मा पढ्दै आएका बालकको शव म्हेपीमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
बालकको शव म्हेपीमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।
बुबा प्रवीणले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट बेपत्ता भएका उनको खोजीमा व्यापक प्रहरी परिचालित भएका थिए । तर, बिहीबार झोलामा पोको पारेको अवस्थामा उनको शव भेटियो ।
उनको शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी गरिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका महेन्द्र सार्की छन् । उनी होटल सञ्चालकका ड्राइभर हुन् । थप अनुसन्धान जारी छ ।
