अझै फेला परिनन् कालीगण्डकी नदीमा हाम फालेकी रानीपानीकी मेनुका श्रेष्ठ
मंसिर १४, पर्वत । कालीगण्डकी नदीमा हाल फालेर बेपत्ता भएकी एक किशोरी छ दिनसम्म पनि फेला पर्न सकेकी छैनन् ।
मंसिर ९ गते बिहान साढे ७ बजेतिर पर्वत र गुल्मी (इमिचौर– पुर्तिघाट) जोड्ने झोलुङगे पुलवाट हाम फालेर बिहादी गाउँपालिका–३ रानीपानी बस्ने १७ वर्षीया मेनुका श्रेष्ठ कालीगण्डकी नदीमा बेपत्ता भएकी हुन् ।
बेपत्ता किशोरी खोजी कार्य जारी रहेको भएपनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले बताए । बेपत्ता किशोरीको खोजी कार्यका लागि पर्वत र गुल्मीवाट प्रहरी परिचालन गरिएको उनको भनाई छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2396
सम्बन्धित समाचार ( मुख्य खबर)
