Correspondent, ParbatNepal
7 years ago
2278
मंसिर १७, पर्वत । जिल्लाको सबैभन्दा ठुलो र जनघनत्व भएको ठाउँ हो शंकरपोखरी । यहाँ एउटा बालज्योती प्राथमिक विद्यालय छ । उक्त गरिव तथा दलित समुदायका विद्यार्थी मात्र अध्ययन गर्छन । फलेवास नगरपालिका–३ शंकरपोखरीमा अवस्थित उक्त विद्यालय भुकम्पले क्षतीग्रस्त विद्यालय हो । जाडोयाम बढेसँगै चोसोवाट समस्या झेल्दै विद्यार्थीले शुक्रवार कपि–कलम,न्यायो स्विटर, टोपी र मुजा लगाउन पाएका छन् ।
त्यसको आयोजना नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस गरेको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य गंगधर तिवारीले नेपाल विद्यार्थी संघले गरेको सहयोगले विद्यार्थीलाई राहात पुगेको बताउनु भयो । तिवारीले भन्नुभयो, ‘हामी दुःख बाँडेका छौँ हामीले दिएको कपडाले जाडो नजाला तर मन न्यानो हुन्छ । फलेवास नगरपालिका मेयरका प्रत्यासी समेत रहेका तिवारीले फलेवास नगरपालिकाको समद्धिका लागि शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्ने बताउनुभएको छ ।
नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष शिशिर शर्मा पौडेलले जिल्लाका अन्य विद्यालयको तुलुनामा यो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आर्थिक तथा पारिवारीक अवस्था अत्यन्तै कमजोर भएकाले जाडोयाम सुरुवात भएसँगै यस विद्यालयका न्यानो कपडा वितरण गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस नेत्री रेखा गुरुङ, फलेबास नगरपालिका – ३ का वडाध्यक्ष अर्जुनवहादुर कार्की, कुश्मा नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्रवहादुर क्षेत्री, नेपाल टे«ड युनियन काङ्ग्रेस पर्बतका अध्यक्ष सुरेन्द्र केशी, फलेवास स्रोत केन्द्रका स्रोत व्यक्ति भरतशर्मा लम्साल, नेपाल विद्यार्थी संघ पर्बतका नेता किशोर सुबेदी, नेपाल दलित संघ पर्बतका अध्यक्ष याम परियार,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बिक, समाजसेबी कुलबहादुर बिक, शुक्रबहादुर बिक, हिमलाल सुनार लगाएतले बोल्नु भएको थियो ।
शिशिर शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानध्यापक हरिप्रसाद तिवारी र धन्यवाद मन्तव्य
कार्यक्रम संयोजक सरोज खनालले राख्नु भएको थियो । कार्यक्रमको सचालन नेपाल स्ववियका कार्यवाहक सभापति सन्तोष पाठकले गर्नुभएको थियो ।
