Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1537




लैङ्गिक हिंसा बिरुद्ध पर्वतका सरोकारवालाको एउटै स्वर - ‘कार्यक्षेत्रमा हुने हिंसाको खुलेर प्रतिकार गरौँ’
लैङ्गिक हिंसा बिरुद्ध पर्वतका सरोकारवालाको एउटै स्वर - ‘कार्यक्षेत्रमा हुने हिंसाको खुलेर प्रतिकार गरौँ’

मंसिर १८, पर्वत । कार्य क्षेत्रमा हुने लैङ्गिक हिंसाको अन्तय लैङ्गिक हिंसा दुव्र्यवहार - छैन हामीलाई स्वीकार भन्ने मूल नाराका साथ मङ्सिर गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको

लैङ्गिक हिंसाको विरुद्धको १६ दिने अभियान अन्तर्गत पर्वतमा सोमबार यहाँका सरोरवाल लगायतका नागरिकहरु संग सामुदायिक वन उपभोक्ता माहसंघ जिल्ला शाखा पर्वतले अन्तक्रिया कार्यक्रम सम्पन्न भएको

कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि यस्तै अभियान सञ्चालन गर्न जरुरी रहेको बताए

उनले महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै लैङ्गिक हिंसा अन्त्यका लागि सरकारले नयाँ कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि पनि सबै एक भएर लाग्नु पर्नेमा जोड दिए

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य खुमप्रसाद सुवेदीले आफू हिंसामा परेको जानकारी हुँदाहुँदै पनि महिलाहरूले बाध्य भएर हिंसा सहेर बस्नु पर्ने अवस्थाको अन्त्य परिवारका सदस्यहरु गर्न नसकेको औंल्याए उनले सवै सहभागीहरूलाई हिंसाको खुलेर प्रतिकार गर्न समेत प्रतिवद्धता गराएका थिए

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले लैङ्गिक हिंसा अन्त्यका लागि लैङ्गिक मैत्री व्यवहार अनुशरण गर्न जोड दिए प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले लैंगिक हिंसालाई शुन्य शहनशिलताको नीति अवलम्बन गर्दै कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो उहाँले हिंसाका घटना आएमा प्रशासन प्रहरीमा उजुरी गर्ने वानी बसाल्न तथा हिंसाका घटनामा चुप लागेर नबस्ने प्रतिवद्धता सवैले जनाउनुपर्ने बताए

लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियानका क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले लैङ्गिकमैत्री व्यवहार अनुशरण गर्ने प्रतिवद्धता समेत जनाए डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कडेंलले यो अभियानले घरघरमा शान्तिको दियो बाल्ने बताए

कार्यक्रममा फोकोफन गण्डकी सदस्य पुष्पराज पौडेल, लिला दवाडी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठ, उद्योग बाणिज्य संघ पर्वतका उपाध्यक्ष ठाकुर वि पौडेल, नागरीक सञ्जालका अध्यक्ष मान कुमारी गिरी, फोकोफन फलेवास नगरका अध्यक्ष परशुराम सुबेदी लगायतले मन्तव्य राखेका थिए

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा पर्वतका सचिब गणेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला सदस्य कुमार सुबेदी संचालन जिल्ला कोषाध्यक्ष दिपक आचार्यले गरेका थिए कार्यक्रम संचालन पूर्व विभिन्न वन उपभोक्ता समूह, जिल्ला स्थित नागरिक समाज, सुरक्षाकर्मी, कुस्माको शिवालय मावि नारायण माविका विद्यार्थी, शिक्षक, सञ्चारकर्मीहरुको सहभागितामा कुश्मा बजार परिक्रमा गर्दै ¥याली समेत गरिएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)