Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1911




प्रत्येक सडक कालोपत्रे, एक घर एक धारा र सिंचाईको ब्यवस्थापन गर्नु मेरो प्रमुख एजेण्डा हो–गिरी
प्रत्येक सडक कालोपत्रे, एक घर एक धारा र सिंचाईको ब्यवस्थापन गर्नु मेरो प्रमुख एजेण्डा हो–गिरी

मंसिर १८, पर्वत । प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले जिल्लाको पैयूँ गाउँपालिकाको हुवासमा आयोजीत एक कार्यक्रमलाई सम्बोधन गर्दै चिसापानीदेखि हुवासहुँदै बर्राचौर जोड्ने सडक कालोपत्रे प्रतिबद्धता दोहेराएका छन ।हुवासको हातेमालो चोकमा आयोजीत शहिद स्मृति सभामा बोल्दै सांसद गिरीले लामो समयदेखि दक्षिण पर्वतका जनताले सडकका कारण सास्ती बेहोरेको भन्दै अवका केहि बर्षमा त्यो सास्तीबाट मुक्ति पाउने विश्वास दिलाएका हुन । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकमको अधिकांश रकम सडक पक्कि बनाउने कार्यमा विनियोजना गरेका गिरीले जनताको माग बमोजीम सडक कालोपत्रे, एक घर एक धारा र सिंचाईको ब्यवस्थापन गर्नु नै आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन ।

जति सकिन्छ रकमको सदुपयोग गर्दै सडक पक्कि बनाउने कार्यमा रकम खर्च गर्न समेत उनले स्थानीय तहलाई अनुरोध गरे । सडक पक्कि बनाउन प्रदेश सरकार र स्थानीय सरकारले समेत सहयोग गर्न आग्रह गर्दै संघिय सरकारमा आफूले दक्षिण क्षेत्रको ३ सडकलाई प्राथमिकता राखेको उल्लेख गरे ।

चिसापानीदेखि बरौचार, लुंखुदेखि हुवास र बर्राचौरदेखि फलेवाससम्मको सडकलाई कालोपत्रे गर्ने कार्यमा आफूले अर्थ मन्त्रालयमा फाइल पेश गरेको जानकारी दिदै सडकका कारण जनताले दुःख पाउने दिनको समाप्त गर्न आफू लागि परेको उनले उल्लेख गरे ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले वर्तमान सरकारलाई चौतर्फी घेराबन्दी शुरु भएको बताएका छन । पर्वतको पैयू गाउँपालिका स्थित हुवासमा आयोजीत शहिद स्मृति सभालाई सम्बोधन गर्दै नेता पौडेलले सरकार लोकप्रिय हुने डरले घेराबन्दी गर्न खोजीएको बताएका हुन् ।

सरकार आफैमा कमजोर नभएपनि चौतर्फी घेराबन्दीका कारण सानातिना गल्तीहरुका कारण साखमा क्रमशः विचलतना आउदै गएका कारण समयमै सोच विचार गरी सरकारका कामकारबाहीको समिक्षा गर्न जरुरी रहेको नेता पौडेलको भनाई छ । देशमा कम्युनिष्टको दुई तिहाइको सरकार हुँदा पनि लोकप्रियता हासिल गर्न नसक्नु आफैमा दुःखद् रहेको भन्दै समय आएपछि देखिने गरी सरकारले काम गर्नुपर्ने बताए । उक्त अवसरमा शहिद गेटको समेत पौडेलले उदघाटन गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य गुप्त हमालले सरकारले गरेका राम्रा कामको प्रचार गर्न पार्टी कमिटि गठन नभएका कारण पनि समस्या परेको धारणा राखे । हमालले दिर्घकालीन योजनाका कामहरुको शुरुवात गरेको कम्युनिष्ट सरकारको प्रचार नकारात्मक भएको भन्दै पार्टी कार्यकर्ताहरुले त्यसको डिफेन्स गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा अर्का केन्द्रिय सदस्य विजय गुरुङले सहि बाटोमा हिड्नुपर्ने बेलामा सरकारले बाटो विराउँदै गएका कारण पनि समस्या सृजना भएको बताए । उनले पार्टीको निर्णय र संगठनको मर्म बमोजीम नै सरकार अगाडि बढ्दा त्यसले सफलता पाउने विश्वास ब्यक्त गरे । कार्यक्रममा महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल पैयू गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी, नेकपा नेता भक्त कुवंर लगाएतले आफ्नो धारणा ब्यक्त गरेका थिए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)