Correspondent, ParbatNepal
7 years ago
2969
पर्वत– अमेरिकाको क्यालिफोर्नियामा मुत्यु भएका २४ बर्षिय गणेश तिवारीको सहयोगार्थ रकम संकलन अभियान थालिएको छ । साथीसँग फोनमा कुरा गर्दागदै उनको मुत्यु भएको थियो ।
तिवारीको पार्थिव शरिर अहिले अस्पतालमा छ । दाहसंस्कार गर्ने रकम अभाव भएपछि अहिले सहयोग संकलन अभियान थालिएको हो । अहिलेसम्म १० हजार डलर संकलन भएको जनाइएको छ । उनको सहयोगार्थ सगरमाथा समाजले अभियान थालेको छ ।
मृतक तिवारी अमेरिकाको सन्नीभेल शहरमा बस्दै आएका थिए । नवलपरासी घर भनेपनि तिवारीकोे जन्मथलो अर्थात पुरानो घर पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवा भएको खुल्न आएको छ । ग्लोवल पर्वत समाजका उपाध्याक्ष गोविन्द पौडेलका अनुसार मृतक तिवारी सन् २०१६ अगस्टमा विद्यार्थी भिसामा अमेरिका आएर मिनिसोटा युनिभर्सिटीमा कम्प्युटर साइन्स पढ्न भर्ना भएका थिए । तर, ग्र्याजुएट नभई झन्डै डेढ वर्षअघि उनी क्यालिफोर्निया आएका थिए । तिवारीले मुत्युको कारण खुल्न सकेको छैन । उनकोे पार्थिक शरिर अहिले अस्पतालमा रहेको छ । तिवारीका बुबा माओवादी द्वन्द्वकालमा बेपत्ता भएका थिए । उनकी आमा, एक भाइ र दुई दिदी छन । दिदीहरूको बिहे भइसकेको छ।
सगरमाथा समाजले सबैलाई सहयोग गर्न अपिल गरेको छ । संस्थाले अन्तराष्ट्रिय पर्वत समाज लगायत पर्वतमा जन्मिएर विश्वभर छरिएर रहेका पर्वतेहरु सँग सहयोगको अपिल गरेको छ । सहयोगको लागि https://www.gofundme.com/let-us-support-ganesh-family?fbclid=IwAR1PHr0xlOrMRqzONrl8FjcPm4iDnCieBh-2zE9IcTTWRIW_VsqjmhrVc08
