Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
1595
शिवालयचोकमा लागुऔषध सहित एकजना पक्राउ
मंसिर २१, पर्वत । पर्वतको कुश्मा नगरपालिका ६ शिवालयचोकमा लागुऔषध सहित एकजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका.२५ हेम्जाका २७ वर्षिय भुवन कुवँर रहेका छन् । कुँवरको साथबाट अन्दाजी ५० ग्राम गाँजा फेला पारिएको प्रहरीले जनाएको छ ।
गाँजा बरामद गरी कुँवरलार्ई लागु औषध (गाँजा) सम्बन्धी कसुर शिर्षकमा मुद्धा दर्ता गरी ५ दिनको म्याद राखेर अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2396
सम्बन्धित समाचार ( मुख्य खबर)
