Correspondent, ParbatNepal
7 years ago
1675
मंसिर २२, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले देश बनाउने सबै जुट्नुपर्ने बताउनु भएको छ । पर्वतको मोदी गाउँपालिका –८ स्थित पशुपति माबिको स्वर्ण महोत्सब समारोहमा बोल्दै अध्यक्ष तिमिल्सीनाले अहिले झगडा गर्ने भन्दा पनि सबै एक भएर देश बनाउने समय भएकाले सबैलाई एकजुट हुन आग्रह गर्नुभएको हो ।
‘संघियता कार्यान्वयनको चरणमा सबै एक नहुने हो देश दुर्घटनामा पर्न सक्छ’ उहाँले भन्नुभयो ‘देश बनाउनका लागि एक आपसमा झगडा गर्ने होइन, बिचार जे भएपनि एक भएर अघि बढौं’ अहिले मुलुकमा ऐन परिमार्जन र नयाँ ऐन बनाउने काम भैरहेकाले सरकारका कामले गति लिन नसकेको भएपनि हिउँदे अधिबेशनमा सबै ऐन परिमार्जन र नयाँ ऐन बनेपछि काम गर्ने सहज वातावरण बन्ने बताउनुभयो ।
संघीय संसदको आगामी हिउँदे अधिबेशनबाट मुलुकका तीन वटै तहलाई आवश्यक पर्ने सबै कानुन बनाउने बतानुभएको छ । कानुनको अभाबमा काम रोकिने अवस्थाको अन्त्य गर्न संघीय संसदले सबै कानुन निर्माण र परिमार्जन गर्ने बताउनुभएको हो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले पर्वत जिल्लामा हरेक बर्ष ५० किलोमिटरको दरमा सडक कालोपत्रे गरिने र पर्वतमा ३ सय किलोमिटर सडक कालोपत्रे गरिसक्ने बताउनुभयो ।
नेपालका लागि पाकिस्तानका राजदुत डा मजहर जाभेदले नेपाल र पाकिस्तानको सम्बन्ध जनस्तरमा रहेको बताउँदै पशुपति माबिका बिद्यार्थीलाई छात्रबृत्तिका बिभिन्न प्याकेजको घोषणा गर्नुभयो ।
