Author
ParbatNepal
Correspondent, ParbatNepal
8 years ago
1880
आगलागीबाट ४ गोठ जलेर नष्ट
पर्वत, १४ पुस -
गत विहिबार आगलागीबाट पर्वतको पैयू गाउँपालिका ५ बेउलीबास स्थित ४ गोठ जलेर नष्ट भएका छन् । दिउँसोको समयमा स्थानीय यज्ञ प्रसाद न्यौपानेको गोठमा लागेको आगो फैलिँदै जाँदा ठौ प्रसाद न्यौपाने ,चोकलाल न्यौपाने, धर्मी न्यौपानेको कच्ची गोठ र तेजेन्द्र न्यौपानेको परालको टौवा समेत जलेर नष्ट भएको छ ।
घटना स्थलमा प्रहरी टोली परिचालन भई आगो नियन्त्रणमा लिएको र १२ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । आगलागीबाट कुनै मानवीय तथा चौपायको क्षति भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार (पैयूं गाउँपालिका )
आकर्षण छहरे झरना
3310
सम्बन्धित समाचार ( स्थानीय तह)
