Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

4 years ago

1391




पर्वतको महाशिला परिसरमा १०८ धारा निर्माण
पर्वतको महाशिला परिसरमा १०८ धारा निर्माण

पर्वत जिल्लाको महाशिला गाउँपालिकास्थित मेहलढुंगामा १०८ धारा निर्माण गरिएको गाउँपालिकाको प्रमुख पर्यटकीय तथा धार्मिक महŒवको उक्त स्थानमा हालै १०८ धारा निर्माण गरिएको हो नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमा समेत महाशिला क्षेत्र समावेश गाउँपालिकाले यो क्षेत्रमा देश विदेशका पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको

 

पर्यटन प्रवर्द्धन गर्न १०८ धारा निर्माण गरिएको महाशिलामा अर्धनारीश्वरको मूर्ति कुँद्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए गाउँपालिकाको नाम नै यही शिलाको नामबाट राखिएको , अध्यक्ष पौडेलले भने, ‘शिलाको महŒ प्रचारप्रसारमा प्राथमिकता दिएका छौं उनले यहाँ मन्दिर सत्तल पनि बनाइएको बताए

 

गण्डकी प्रदेश सरकारले प्रदेशका पर्यटकीय ठाउँहरूको विकास प्रवद्र्धन गर्ने उद्देश्यले महाशिला क्षेत्रको विकासका लागि ५० लाख रुपैयाँ अनुदान दिएको थियो सोही रकमबाट डीपीआर तयार गरेर विभिन्न कामहरू भइरहेको अब कम्तीमा पनि सय जना मानिस अटाउन सक्नेगरी आश्रय स्थल निर्माण गर्ने पालिकाको योजना शिलाको उचित प्रचार हुन सके धेरै विदेशी पर्यटक आउने तथा महाशिलाकै चिसापानी क्षेत्रमा रहेको पदमार्गमा पनि उनीहरूलाई लैजान सकिने पौडेलले बताए महाशिलासम्म जाने सहज सडक बनाउन थालिएको


महाशिला लुंखु देउरालीमा रहेको शिलाको प्रचारका लागि नाकाहरूमा बोर्ड राखिने भएको शिव पुराणका अनुसार भगवान् शिवले युद्ध गर्दा नन्दीको रूप धारण गरी लड्दा नन्दीको एउटा सिङ भाँचिएको त्यही सिङ नै शिला बनेर प्रतीकको रूपमा रहेको बताइएको


स्थानीयले यो शिलालाई मेहलढुंगा भनेर नामकरण गरेका थिए कालान्तरमा यसलाई महाशिला भन्न थालिएको स्थानीय डिल्लीराम शर्माले बताए यस्तै पर्वतकै पाङमा जन्मिएकी मानिने पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाऊँ भनी गरेको व्रत तपस्यापछि भगवान् शिव अहिलेको शिला रहेकै ठाउँमा उत्पत्ति भएर पार्वतीलाई दर्शन दिएको भन्ने किंवदन्ती पनि रहिआएको

सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)